डिस ब्रेकको प्रयोग किन अगाडि चक्कामा गरिन्छ, यस्तो छ कारण

काठमाडौं । मोटरसाइकलमा दुई प्रकारका ब्रेकहरु प्रयोग भएका हुन्छन् । पहिलो ड्रम र दास्रो डिस्क ब्रेक हुन् । कम्पनीहरुले मोटरसाइकलको राम्रो प्रफर्मेन्सका लागि डिस्क ब्रेकको प्रयोग बढाउँदै लगेका छन् । 

डिस्क ब्रेक लगाएको मोटरसाइकललाई चालकले आफुले भनेको स्थानमा चाहेको समयमा रोक्न उपर्यूक्त हुने मानिन्छ । 

यदि दुईवटा मोटरसाइकल एउटामा डिस्क ब्रेक र अर्कोमा ड्रम ब्रेक रहेको छ, र मोटरसाइकल प्रतिघण्टा ५० किमिको समान गतिमा रहेको छ भने एकै समयमा ब्रेक लगाएमा डिस्क ब्रेक भएको मोटरसाइकल १ मिटर अगाडि बढेर रोकिन्छ भने ड्रम ब्रेक भएको मोटरसाइकललाई १ मिटरभन्दा बढि दुरि पारगरेर मात्र रोकिन्छ । यसको मतलब चालकले पाउने ब्रेकिङ्ग डिस्ट्यान्स डिस ब्रेकमा बढि पाउँछ र सम्भावित दुर्घटनाबाट जोगिन्छ ।

डिस्क ब्रेक

डिस्क ब्रेक फ्रन्ट ह्विलमै किन लगाइन्छ ? जबकी प्रायः चालकहरुले पछाडि चक्कामा धेरै ब्रेकको प्रयोग गर्छन् । सबै चालकलाई अगाडिको ब्रेक लगाएमा बाइक लड्न सक्छ भन्ने थाहा छ । चालकले ब्रेक लगाउँदा पछाडि भन्दा अगाडिको चक्कामा धेरै वेट पर्छ । आधुनिक बाइकमा दुबै चक्कामा डिस्क ब्रेक दिएको पाउन सकिन्छ ।

मानौ १ सय किलोको बाइक छ र बाइकमा अर्को सय/सय किलोका दुईजना मान्छेहरु सवार हुँदा अचानक ब्रेक लगाउनु परेमा पछाडिको चक्कामा १०० केजीको भार तथा अगाडिको चक्कामा २०० केजीको भार पर्छ । त्यसैले अगाडिको चक्काको ब्रेक पछाडिको भन्दा धेरै जरुरी हुन्छ ।

मानौ ५०/६० किमि प्रतिघण्टाको स्पीडमा बाइक गुडिरहेको र अचानक ब्रेक लगाउनु पर्ने अवस्थामा पछाडिको चक्कामा मात्र ब्रेक लगाएमा पछाडिको चक्का चिप्लिन्छ । किनभने माथि भनेको जस्तै पछाडिको चक्कामा मात्र ब्रेक लगाउँदा बाइकको वेट अगाडिको चक्कामा धेरै पर्ने भएकोले अगाडिको चक्काले पछाडिको चक्कालाई तान्दै जाने हुनाले हो । 

अर्को उदाहरण पनि यसलाई बुझन सहयोगी हुन सक्छ । जस्तो कुनै बाइक प्रतिघण्टा ५०/६० किमिको गतिमा कुदिरहेको अवस्थामा अचानक अगाडि चक्काको ब्रेक लगाएमा बाइकको पछाडिको चक्का माथि उड्न सक्छ । जस्तो तराजुमा गरुङ्गो पट्टीको भाग तल झर्ने र हलुका पट्टीको भाग माथि हुने गर्छ ।

त्यसकारण आधुनिक बाइकहरुमा अगाडि डिस्क ब्रेक लगाइएको हुन्छ । अब तपाई डिस्क ब्रेकयूक्त बाइक चलाउँदै हुनुहुन्छ भने अगाडिको ब्रेक पनि लगाउने बानी बसाल्नुहोस् । 


Back_to_top