काडमाडौं । बजाज नेपाली बजारमा मोटरसाइकलको पर्यावाची नाम हो । अहिले नेपाली बजारमा पल्सर ब्रान्ड नेमबाट बिक्री हुँदै आएको १५०, १६०, २००, र २२० सीसी इन्जिन क्षमताका मोटरसाइकल छन् । यी सबै पल्सर र पल्सर एनएस सिरिज नेपालमा नै उत्पादन भइरहेको छ भने अब १२५ सीसी पल्सर पनि नेपालमा नै उत्पादन गर्ने तयारी गरेको छ ।
भारतीय बजारमा सबैभन्दा कम सीसी क्षमतामा पल्सर सिरिजको मोटरसाइकल आएको छ । यस्तोमा पल्सर सिरिजको कान्छो उत्पादन नेपालमा आउने कुरामा दुईमत हुन सक्दैन ।
नेपाली बजारमा बजाजका उत्पादनको एसेम्बल्ड गर्दै आएको हुलास अटो क्राफ्टले पल्सर १२५ पनि नेपालमा नै बनाउने भएको हो । यद्यपी कहिलेबाट यसलाई बजारमा ल्याउने भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।
हंशराज हुलासचन्द एन्ड कम्पनीले बजाजका मोटरसाइकललाई नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । यस्तोमा नयाँ पल्सर १२५ ले चाँडै नेपाली बजारमा उत्पादन हुने अनुमान गरिएको छ ।
यस्तो छ पल्सर १२५
यो मोटरसाइकलमा कम्पनीले क्लास लिडिङ फिचर दिएको छ । मोटरसाइकललाई सार्प र स्पोर्टी बनाउन क्लिप अन ह्यान्डलवार दिइएको छ । ५ स्पीड गियरबक्सको साथ आएको यो बाइकलाई प्राइमरी किक्सको सहयाताले कुनै पनि गियरमा क्लच दवायर चालकले स्टार्ट गर्न सक्नेछ ।
यसको अर्को मुख्य विशेषता उच्च गतिमा पनि कम हल्लने र आवाज कम आउने रहेको छ । अहिले भारतमा कम्पनीले यो मोटरसाइकललाई तीन कलर अप्सनमा बजारमा ल्याएको छ ।
नियोन ब्ल्यू, सोलार रेड र प्लाटिनम सिल्भर कलरमा आएको यो बाइक सेग्मेन्ट लिडर हुने दाबी कम्पनीले गरेको छ ।
नयाँ मोटरसाइकल सार्वजनिक गर्दै बजाज अटोका प्रेसिडेन्ट साराङ कनाडेले भने ‘१२५ सीसी क्षमतामा पल्सरलाई बिक्री सुरु गर्न पाउँदा हामी निकै खुसी छौं । प्रिमियम कम्यूटर्स सेग्मेन्टमा यो बाइकले नयाँ बेन्चमार्क तय गर्नेछ ।’
पावर
यो मोटरसाइकलमा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । पल्सर १५० मा आधारित यो मोटरसाइकल अन्य मोटरसाइकलभन्दा सस्तो मूल्यमा बजारमा आउने छ ।
यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ ।


