१० मिनेटमा ८० प्रतिशत चार्ज हुने इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । चिनियाँ इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल निर्माता कम्पनी याडियाले ‘केम्पर’ मोटरसाइकल निर्माण गरेको छ । यो मोटरसाइकल मात्र १० मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार मोटरसाइकलमा ३२० भोल्ट २० एम्पियर आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक उपलब्ध छ । कम्पनीले यसमा टाइप २ र सीसीएस कम्बो चार्जर पोर्ट दिएको छ ।

त्यस्तै, याडिया केम्परमा मिड ड्राइभ ३० किलोवाट रेटेड ९४० किलोवाट पिक० पावर भएको मोटर उपलब्ध छ । यो मोटरले ५७० एनएम टर्क जेनेरेट गर्छ ।

यसको टप स्पीड १६० किलोमिटर प्रतिघण्टाको रहेको छ भने ०-१०० को स्पीड मात्र ५ सेकेन्डमा पूरा गर्छ ।

यसमा डबल च्यानल एबीएस, ७ इन्च टीएफटी डिस्प्ले, कनेक्ट फिचर, इनभर्टेड सस्पेन्सन, एचडी क्यामेरा लगायतका फिचर उपलब्ध छ ।

नेपाली बजारमा कुजु नेपालले याडियका स्कुटरहरू बिक्री वितरण गर्दै आएको छ । यो मोटरसाइकल समेत नेपाली बजारमा आउन सक्नेछ ।


Back_to_top