काठमाडौं । उखान नै छ नि ‘१२ वर्षमा खोला फर्किन्छ’ टेस्लाको सीइओको भनाई पनि १२ वर्षपछि फेरिएको छ ।
सन् २०११ मा ब्लुमबर्गलाई दिएको एक अन्तर्वार्तामा टेस्लाका सीईओ इलन मस्कले चिनियाँँ अटोमोवाइल कम्पनी बीवाइडीलाई कार कम्पनीको रुपमा लिनै नसकिने बताएका थिए ।
पत्रकारले बीवाईडी टेस्लाको प्रतिस्पर्धी हो । जसमा बेरिस्क हाथवेले १० प्रतिशत सेयर लगानी गरेका छन् नी भन्ने जिज्ञासा राख्दा मस्कले हाँसेर उडाएका थिए । त्यसपछि पत्रकारले पुनः हास्नुको कारण सोध्दा, उनले प्रस्तकर्तालाई नै सोधेका थिए के तिमीले बीवाइडीको कार देखेका छौ ?
त्यतिवेला मस्कले बीवाइडीलाई टेस्लाको प्रतिस्पर्धीको रुपमा आफुले नलिएको बताएका थिए । त्यतिबेला उनको तर्क थियो, बीवाईडीसँग राम्रो प्रोडक्ट नै छैन ।
चिनियाँ बजारमा नै बीवाइडीले चाँडै ठूलो समस्या भोग्ने देख्छु भन्दै उनले भनेका थिए, ‘उसँग न आकर्षक मोडल छन्, न त टेक्नलोजी बलियो छ । त्यसैले यसलाई मर्न नदिन उनिहरुले धेरै काम गर्नु पर्नेछ ।’
तर, अहिले समय फेरियो । उनै मस्कको टस्ला पनि चीनमा उत्पादन सुरु भएको छ । चिनियाँ बजारमा ४० प्रतिशत ईभीमा बीवाइडीले कब्जा जमाइसकेको छ । जहाँ टेस्लाको हिस्सा १० प्रतिशत हाराहारी मात्रै छ ।
केही दिनअघि मस्कको नयाँ भिडियो बाहिर आएको छ । उनले त्यहाँ भनेका छन्, ‘बीवाइडी आजकल हाम्रो निकै राम्रो प्रतिस्पर्धी भएको छ ।’
चीन बाहिर आफ्नो नेटवर्क विस्तारसँगै बीवाइडी थप आक्रमक बजार विस्तारमा देखिएको छ । नविन टेक्नलोजी र क्वालीटीको मामलामा टेस्लालाई टक्कर दिइरहेको छ ।
गत अप्रिलमा प्रकाशित एक रिपोर्टका अनुसार बीवाइडीको नाफा ४०० प्रतिशतले बढेको छ । अमेरिका, यूरोप र एशियाली बजारमा बीवाइडीका ईभीको बिक्री चर्चा दुबै जमेर भइरहेको छ । सायद यसलाई नै भनिन्छ होला ‘१२ वर्षपछि खोला फर्कन्छ ।’


