फ्रेस देखियो हिरो एक्स्ट्रीम १६० आर, यस्ता छन् परिवर्तन

काठमाडौं । हिरो मोटोकर्पले १६० सीसी सेग्मेन्टमा ल्याएको प्रिमियम मोडल ‘एक्स्ट्रीम १६० आर’ नयाँ कलरमा देखिएको छ । कम्पनीले नयाँ कलर अप्सनसहित चाँडै यसलाई बजारमा ल्याउने तयारी थालेको हो ।

हिरोले यसका नयाँ प्रदुषण मापदण्ड आनुसारको बीएस ६ फेज टु मापदण्डको इन्जिन दिएको छ । नयाँ इन्जिनमा आएको कारण यसलाई मेकानिकल परिवर्तन भएको मान्न सकिन्छ ।

अन्य फिचरमा परिवर्तन नगरेपनि हिरोले यसलाई निकै आकर्षक म्याट ब्लू, ब्याट डार्क र पहेँलो कलरमा ल्याएको छ । झट्ट हेर्दा निकै लोभलाग्दो देखिएको एक्स्ट्रीम १६० आरले जो कोहीलाई लोभ्याउने छ ।

हिरो एक्स्ट्रीम १६० आरको सिधा प्रतिस्पर्धा बजाज एन १६० र अपाचे आरटीआर १६० फोर भीसँग हुँदै आएको छ । एक्स्ट्रीम १६० आरमा १६० सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १५ बीएच पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।

अहिलेको रेगुलर मोडल नेपालमा पनि बिक्री वितरण हुँदै आइरहेको छ । हिरोको डिलरसिप विवाद कायम रहेको कारण नयाँ मोडल तत्काल नेपाल आउँछ वा आउँदैन भन्ने एकिन गर्न सकिने अवस्था छैन ।


Back_to_top