यी हुन् सडक निर्माण शुल्क नलाग्ने साधन

काठमाडौं । सरकारले साइकल बाहेक सबै किसिमका सवारीसाधनमा सडक निर्माण शुल्क (आरडीएफ) लगाउँदै आएपनि केही विशेष प्रकृतिका साधनमा भने कर लगाएको छैन ।

विशेषगरी कूटनीतिक नियोग तथा कूटनीतिक सुविधा प्राप्त ब्यक्तिले ल्याउने मोटरगाडी, अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने १५५ सीसीसम्मका स्कुटर, दमकल, एम्बुलेन्स, शबबहान र विशेष उद्देश्य भएका साधनमा सडक निर्माड कर लाग्दैन ।

४० सिट माथिका बस वा च्याचिस किनेर सार्वजनिक यातायातमा प्रयोग गर्ने गरी दर्ता भएका सहकारी वा कम्पनीले ल्याउने साधनमा पनि सडक निर्माण कर लाग्दैन ।

मिसनमा खटिने नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीले मन्त्रालयको सिफारीसमा किन्ने साधनमा पनि सडक निर्माण कर लाग्दैन । त्यसैगरी विमान स्थलमा टर्मिनलदेखि जहाजसम्म यात्रु ओसार्ने साधनमा पनि सडक निर्माण कर लाग्दैन ।


Back_to_top