काठमाडौं । साँग्रिला मोटर्सले बिक्री सुरू गरेको लीपमोटरको टी-०३ किन्नेले मासिक २६ हजार ६८० रुपैयाँ किस्ता तिर्नेगरी गाडी खरिद गर्न सक्ने छन् । नेपाल राष्ट्र बैंकले ईभी किन्नेले अनिर्वाय ४० प्रतिशत डाउन पेमेन्ट गर्नै पर्ने व्यवस्था गरेका कारण मासिक किस्ता कम देखिएको हो ।
कम्पनीले हिजो मात्रै बजारमा उतारेको टी-०३ ह्याचब्याक कारको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । उक्त मूल्यको ६० प्रतिशतले हुन आउने १७ लाख ३९ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थाले कर्जा सुविधा उपलब्ध गराउने छन् । बैंकको ब्याजदर पनि अहिले ७.५ प्रतिशत मै पाउने भएको कारण ब्याजको लोड उपभोक्तालाई कम पर्छ ।
डाउन पेमेन्ट धेरै गर्नु पर्ने भएको कारण सुरूमा गाडी लिनु अगाडि बुझाउनको लागि ११ लाख ५९ हजार रुपैयाँ तपाईंले तयार पार्नु पर्ने हुन्छ । राष्ट्र बैंकले कर्जा सुविधा लिने मानिसको मासिक आम्दानीलाई आधार मानेर कर्जा दिने गर्छन् । लीपमोटरको टी-०३ खरिद गर्ने मानिसको मासिक आम्दानी ६० हजार हाराहारी भए सहजै पुग्छ ।
लीपमोटरको टी-०३ निकै स्मार्ट ह्याचब्याक कार हो । यसका एडास फिचरदेखि सुरक्षाको लागि ८ वटा एयरब्याग पाउन सकिन्छ ।
कम्पनीले यसमा ७० किलोवाट क्षमताको पावरफुल मोटर प्रयोग गरेको छ । साथै, सानो ह्याचब्याकमा दिइएको ३७ किलोवाट आवरको ब्याट्रीले २६५ किलोमिटर आसपास रेन्ज दिन्छ ।

