रोयल इनफिल्डले तयार पार्दैछ २५० सीसी मोटरसाइकल, मूल्य हालसम्मकै सस्तो हुने

सांकेतिक सस्बीर

काठमाडौं । रोयल इनफिल्डले २५० सीसी मोटरसाइल ल्याउने भएको छ । कम्पनीले सन् २०२२ अगष्टमा सार्वजनिक गरेको हन्टर ३५० ले राम्रो प्रतिक्रिया पाएपछि २५० सीसी मोटरसाइकल ल्याउने तयारी गरेको हो ।

कम्पनीले सन् २०२२ मा हन्टर ३५० बनाउँदै गर्दा हन्टर २५० समेत आउने चर्चा सुरू भएको थियो । कम्पनीका अनुसार सन् २०२६ को अन्तिमसम्ममा २५० सीसी मोटरसाइकल बजारमा आउने छ ।

कम्पनीले यसलाई हन्टर सिरजमै ल्याउने अनुमान गर्न सकिन्छ । रोयल इनफिल्डको सबैभन्दा कम मूल्यको मोटरसाइकल अहिले पनि हन्टर ३५० नै रहेको छ ।

कम्पनीले २५० सीसी सेग्मेन्टका नयाँ भी प्लेटफर्ममा इन्जिन तयार पारिरहेको बताएको छ । यसमा पनि एयर कुल्ड इन्जिन हुनेछ । रोयल इनफिल्ड पहिलो पटक हिमालयन ४५० मा लिक्वीड कुल्ड इन्जिन प्रयोग गरेको थियो ।

पछिल्लो समय लगातार मोटरसाइकलको मूल्य वृद्धि भइरहेको समयमा कम्पनीले बजेट फ्रेन्ड्ली मोटरसाइकल ल्याउने योजना बनाएको हो ।

हालै सार्वजनिक एक रिपोर्टका अनुसार कम्पनीले २५० सीसी सेग्मेन्ट मोटरसाइकलको फ्युल इफिसेन्सी वृद्धिका लागि हाइब्रिड मोटरसाइकल बनाउने योजना समते तयार पारेको बताइएको छ । यसको बारेमा भने कम्नपीले कुनै पनि आधिकारिक जानकारी बाहिर ल्याएको छैन् ।

भारतीय बजारमा हाल सबैभन्दा सस्तो मोटरसाइकलको रूपमा रहेको हन्टर ३५० को मूल्य १ लाख ४९ हजार रुपैयाँ रहेको छ । २५० सीसी मोटरसाइकल यो भन्दा कम मूल्यमा आउने निश्चित छ । हालसम्म कुनै आधिकारिक जानकारी बाहिर नआए पनि १ लाख २० हजार रुपैयाँ हाराहारीमा रोयल इनफिल्डको २५० सीसी मोटरसाइकल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top