काठमाडौं । नाडाले अटो शो २०२२ स्थगित भए पश्चात् इलेक्ट्रीक अटो शो २०२२ आयोजना हुने भएको छ । उक्त ईभी शोमा १४ ब्राण्डका दुई पाङ्ग्रे सवारीसाधन सहभागी हुने भएका हुन् ।
असोज ६ गतेदेखि ९ गतेसम्म चल्ने यो ईभी शोमा भारतीय तथा चिनियाँ कम्पनीले उत्पादन गरेका १४ कम्पनीका स्कुटर तथा मोटरसाइकल अवलोकन गर्न सकिने भएको हो ।
ईभी एक्स्पोमा तीन नयाँ ब्राण्डले पहिलो पटक आफ्ना उत्पादन प्रदर्शनी गर्ने भएका छन् । जसमा ओला, जोय र सिएफमोटो जीओ ब्राण्डका उत्पादन पहिलो पटक ईभी एक्स्पो मार्फत बजारमा प्रवेश गर्नेछन् । त्यसैगरी अन्य ११ ब्राण्डले आफ्ना उत्पादन शोकेश गर्ने छन् ।
ओला इलेक्ट्रीकका उत्पादन नेपाली बजारमा सीजी मोटर्सले ल्याउने भएको हो भने सिएफमोटो जीओ ब्राण्ड नाडाका अध्यक्ष ध्रुव थापाले नेपाल ल्याउन लागेका हुन् ।
यसका अलावा ईभी शोमा हिरो इलेक्ट्रीक, याडिया, एनआईयू, सेग्वे, आइमा, टेल्जी, प्योर इभी, सुपर शोको, दोहान, लेभ्निङ, जोय लगायतका ब्राण्ड सहभागी हुनेछन् ।

