होन्डा मोटरसाइकल किन्दा १५ लाखसम्म जित्न सकिने

काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङ कम्पनीले फेस्टीभ स्कीम सार्वजनकि गरेको छ । कम्पनीले ‘होन्डाको दशैंको शुभ लाभ’ नामक आकर्षक स्कीम सार्वजनिक गरको हो ।

यो योजना अन्तर्गत ग्राहकले मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच मार्फत ७० हजार रुपैयाँसम्म जित्न सक्नेछन् । साथै सातै प्रदेशबाट लक्कि ड्रमार्फत सात जनाले १ लाख रुपैयाँका जित्न सक्नेछन् । त्यस्तै देशभरी बाट एक जना भाग्यशाली विजेताले नगद १५ लाख रुपैयाँ जित्न सक्नेछन् ।

यो स्कीम भाद्र २० गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ भने नेपाल भर रहेको होन्डाको आधिकारि शोरुममा यो योजना उपलब्ध हुनेछ ।

यो योजना अन्तर्गत सहजै फाइनान्स तथा एक्सचेन्ज सुबिधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


Back_to_top