काठमाडौं । अचानक ब्याजदरमा भएको ब्यापक बढोत्तरीले गाडी किन्ने मासिनको आँट र चाहनालाई नै पछाडि धकेलिदिएको छ । तर, फक्सवागेनको आधिकारीक विक्रेता पुजा इन्टरनेशनल नेपालले ब्याजदरमा विशेष अफर ल्याएको कारण मासिक ३० हजार किस्तामा सानदार प्रिमियम ह्याचव्याक कार पोलो खरिद गर्न सकिने भएको छ ।
अहिले पोलो एमपीआई र टीएसआई गरी दुई इन्जिन अप्सनमा उपलब्ध रहेको छ । एमपीआई नेचुरल्ली एस्पीरेटेड इन्जिन हो भने टीएसआई टर्बो इन्जिन हो । पोलो ट्रेन्डलाइन प्लस भेरियन्टको मूल्य ३२ लाख ४० हजार रुपैयाँ रहेको छ । यही भेरियन्टको मासिक किस्ता हामी यहाँ हिसाव गर्दैछौं ।

पुजा इन्टरनेशनल नेपालले पोलोमा ६ वर्षको लागि परिवर्तन नहुने ब्याजदर अफर गरेको छ । कम्पनीले यसमा ९.९९ प्रतिशत ब्याजदरमा कर्जा दिनेछ । कम्पनीले दिन लागेको ब्याजदर अहिले बजारमा चलिरहेको औषत १५ प्रतिशतभन्दा निकै कम हो ।
यसरी पोलो ट्रेन्डलाइन प्लस गरिद गर्दा सुरुमा गाडीको मूल्यको ५० प्रतिशतले हुन आउने १६ लाख २० हजार रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ भने बाँकी त्यति नै रकम कर्जा सुविधा लिन पाइन्छ । यसरी पोलो ह्याचव्याक किन्ने ग्राहकले मासिक ३० हजार रुपैयाँका दरले ६ वर्षसम्म किस्ता तिर्नु पर्ने हुन्छ ।
मासिक किस्ताको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।
यस्तो छ पोलो ह्याचव्याक
आकर्षक डिजाइन र सुरक्षीत कार भएकै कारण पोलोले नेपालमा राम्रो बजार पाइरहेको देखिन्छ । विशेषत हुन्डाई आई २०, मारुती सुजुकी बलेनो, टाटा अल्ट्रोज जस्ता कारसँग सिधा प्रतिस्पर्धामा रहेको कार हो ।
कम्पनीले यसको एक्सटेरियर र इन्टेरियर निकै उत्कृष्ट बनाएको छ । यसको क्याविनमा रहेको ६.५ इन्चको टचस्कृनमा एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ ।
यसको इन्ट्रुमेन्टल क्लष्टर निकै स्पोर्टी रहेको छ । लेदर र्याप फ्ल्याट बटम स्टेरिङ ह्वील, ग्रे र व्ल्याक थिममा तयार भएको क्याविन, विभिन्न स्थानमा प्रयोग भएको क्रोम हाइलाइटले नयाँ पोलो निकै आकर्षक छ ।
विश्व बजारमा निकै रुचाईको पोलोले नेपालमा फक्सवागनलाई स्थापित मात्रै गरेको छैन । यूरोपियन ब्राण्डको लागि नयाँ बाटो खुल्ला गरिदिएको मान्न सकिन्छ ।


