इलेक्ट्रीक सवारीसाधनको बिक्री विश्वमा नै क्रमिकरुपमा बढ्दै गएको छ । यस्तोमा सबै गाडी उत्पादकहरुले आफ्नो इलेक्ट्रीक उत्पादन के ल्याउने भन्ने विषयमा नयाँ आविश्कार र अन्भेषणमा ठूलो लगानी गर्दै आएका छन् ।
विश्वमा इलेक्ट्रीक कार मात्रै उत्पादन गर्दै आफुलाई स्थापित गर्ने बाटोमा अग्रसर रहेको ब्राण्ड टेस्ला हो । उसले २०१९ को जनवरीदेखि अगस्ट अन्तिमसम्मा विश्वमा बिक्री हुने इलेक्ट्रीक कारको करिब १७ प्रतिशत बजार ओगटेको छ । दोस्रो स्थानमा रहेको बीवाइडीले सोही अवधिमा १२ प्रतिशत र बेजिङ अटोले ५ प्रतिशत इलेक्ट्रीक कारको बजार हिस्सा आफ्नो भागमा पारेको छ ।

उता, पुरातन गाडी निर्माणमा लागेका कम्पनीमध्य इलेक्ट्रीक कारको बजार हिस्सा सबैभन्दा बढी ६ प्रतिशत बीएमडब्ल्यूसँग रहेको छ भने फक्सवागन, निसान, हुन्डाई जस्ता कम्पनीहरुले करिब ४ प्रतिशतका दरले बजार हिस्सा ओगटेका छन् । किया, रेनो, जेएसी, जिली जस्ता कम्पनीले ३ प्रतिशतका दरले बजार हिस्सा लिएका छन् । अन्य बिभिन्न कम्पनीहरुको हिस्सामा ३२ प्रतिशत बजार हिस्सा रहेको छ ।


