काठमाडौं । बजारमा उपलब्ध अधिकांश कार तथा १५० सीसीभन्दा माथि सेग्मेन्टका मोटरसाइकलमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस)को विशेषता पाउन सकिन्छ ।
त्यसोत नेपालमा बिक्री हुने अधिकांश सवारीसाधन भारतबाट आयात हुने हुँदा भारत सरकारले बनाएको नयाँ सवारी सुरक्षा नीति अनुरुपका सवारी नेपालमा पनि आउन थालेका छन् ।
एबीएस यूक्त सवारी साधनमा आपतकालिन अवस्थामा ब्रेक लगाउदा पाँग्रालाई एकै पटक लक हुनबाट बचाउन यसको प्रयोग गरिन्छ । यसमा उपलब्ध सेन्सरले सवारीको गतिलाई नियन्त्रण गर्ने गर्छ, फलत ब्रेकिङको समयमा पांग्रा लक हुन पाउँदैन ।
विशेषत एबीएसले लामो दुरिका यात्रालाई सुरक्षित बनाउँछ । यसले चिप्लो, अप्ठेरो सडकमा सहजै ब्रेक लगाउन सहयोग पुर्याउछ । चालक तथा प्यासेन्जरको सुरक्षालाई मध्यनजर गर्दै अधिकांश अटोमोबाइल्स कम्पनीले आफ्ना उत्पादनमा प्रदान गर्ने यो फिचर अहिले, अनिवार्य र अत्यावश्यक फिचर भएको छ ।
विश्वका विभिन्न मुलुकले एबीएसको विशेषता नदिएका सवारीको उत्पादन तथा बिक्रीमा समेत रोक लगाउने निर्णय गरिरहेका छन् ।

कसरी गर्छ काम ?
सवारी सधानमा प्रदान गरिएको यस प्रणालीले चालकलाई स्टेयरिङ्ग माथि नियन्त्रण गर्न सहज बनाउछ । कतिपय अवस्थामा एबीएसले एन्टी स्किड बे्रकिङ्गको भूमिका समेत निभाउने गर्छ । यसले, पाँङ्ग्रालाई जमिनमा नियन्त्रीत भइराख्न मद्धत पुयाउछ ।
एक्कासी ब्रेक लगाउनु पर्दाको अवस्थामा पाँग्रा चिप्लन गई हुनसक्ने दुर्घटनालाई नियन्त्रण गर्न एबीएस प्रणाली जडान गरिएको हुन्छ । एबीएसले ब्रेक फ्लुड प्रेशरलाई कन्ट्रोल गर्छ भने, ब्रेकिङ्ग पर्फमेन्सलाई उत्कृष्ट बनाउछ ।
यसमा उपलब्ध प्रमुख कम्पोनेन्ट यस प्रकार रहेका छन् ।
स्पीड सेन्सर
एबीएसमा उपलब्ध स्पीड सेन्सरले कारको चक्काको गति कस्तो छ, अध्यनन गरिरहेको हुन्छ । सेन्सरले पाँग्राको एस्केलेरेशन र डिक्लेरेशनलाई निगरानी राख्ने गर्छ ।
भल्भ
यसमा उपलब्ध भल्भले ब्रेकिङ्गको समयमा एयर प्रेशरलाई नियन्त्रीत गर्ने गर्छ । एबीएसको सिस्टम अनुसार भल्भसँग जोडिएको ब्रेक सो समयमा खुल्ने गर्छ । यसमा उपलब्ध मास्टर सिलिन्डरबाट हावाको दबाब ब्रेकतर्फ जान्छ । दोस्रो चरणमा ब्रेकको भल्भ बन्द हुन्छ र मास्टर सिलिन्डरमा दबाब परिरहन्छ । तेस्रो चरणमा भल्भमा थोरै प्रेशर बनाइ राख्छ भने मोटरसाइकल वा गाडी नरोकिएसम्म एकै प्रक्रिया दोहोरिरहन्छ ।
इलेक्ट्रोनीक कन्ट्रोल युनिट
इलेक्ट्रोनीक कन्ट्रोल युनिट अर्थात इसीयुले सेन्सर सिग्नल प्राप्त गरेपछि त्यसलाई मजबूत बनाउँछ । यसपछि यसको फिल्टर गर्छ । सबै डाटाको जाँचसकेपछि चक्काको गति र स्पीडलाई आँकलन गर्छ ।
हाइड्रोलिक कन्ट्रोल युनिट
हाइड्रोलिक कन्ट्रोल युनिटले इलेक्ट्रोनीक कन्ट्रोल युनिटबाट सिग्नल प्राप्त गर्छ । त्यो सिग्नलको आधारमा आवश्यकता अनुसारको ब्रेक लगाउने र छोड्ने काम गर्छ । कहिले काही ब्रेकमा दबाब बनाइराख्छ । यसले हाइड्रोलिक दबाब बढाएर ब्रेकमा नियन्त्रण राख्छ ।


