काठमाडौं । नेपालमा कुनै पनि ट्रयाकमा ड्राइभिङ एक्सपीरियन्स गर्ने अवसर कमैले पाएका हुन्छन् । त्यसमा पनि अफरोड ट्रेल तयार गरेर मस्कुलर गाडीको ड्राइभ गर्नु आफैंमा रोमाञ्चक हुनेनै भयो ।
धुलिखेलमा रहेको डार्ट टेम्पलमा फोडले ‘अफरोड एड्भेन्चर’ कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । कम्पनीले फोर्ड ब्राण्डका रेन्जर, र्यापटर, इनडोभर र एभरेष्ट मोडललाई ट्रयाकमा उतारेको थियो ।
ब्राण्ड प्रमोशन र ग्राहकलाई ड्राइभिङ थ्रील प्रदान गर्न आयोजना भएको अफरोड एड्भेन्चर ड्राइभ कार्यक्रमले सहभागिहरुमा उत्साह थपेको थियो ।
‘हामी ग्राहकले फोर्डको एड्भेन्चर ड्राइभिङ एक्सीरियन्स गर्न पाउन भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौं । जुन विगतदेखि नै हामीले गर्दै आएको ड्राइभिङ कल्चरको एउटा अंग हो’, फोर्डको आधिकारीक बिक्रेता जिओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने ।









