कारको हिटर चलाउन नजाने ज्यानकै खतरा, बुझ्नुहोस् ३ तथ्य

काठमाडौं । नेपालमा जोडो बढ्दो छ । अबको एकडेढ महिना अत्याधिक जाडो हुने गर्छ । काठमाडौंमा त झन् तराईभन्दा धेरै जाडो हुनुको साथै लामो समय रहन्छ ।

जाडोमा निजी गाडी चड्नेहरुका लागि हिटर चलाएर यात्रा गर्नु सामान्य हो । गाडी बाहिर पार्क गरिने र गाडीको क्यावीन बाहिरी वातवरणसँग समान तापक्रममा रहने भएकोले घरको कोठा भित्र बस्दा भन्दा कार बढी चिसो महसुस हुन्छ ।

त्यसैले गाडी स्टार्ट गर्ने बित्तिकै हिटर चलाउन मन लाग्छ । आजकलको पर्सनल भेहिकलमा एसी र हिटर भनेको सामान्य फिचर हो । तर, लामो समयसम्म हिटर चलाएर गाडीमा बसिरहँदा भने केहि सावधानी अपनाउनु पर्छ ।

रि–सर्कुलेशन मोड प्रयोग गर्दा खतरा

हिटर चलाएपछि धेरैजसो मानिसहरुले क्याविनको हावा वाहिर निस्कन दिदैनन् । क्यावीनकको तापक्रम छिटो बढाउनका लागि रि–सर्कुलेसन मोडमा राखि हिटर चलाउने गरिन्छ ।

त्यो लामो यात्राको लागि खतरा हुन सक्छ । कार भित्र एउटै हावा मात्र चलिरहँदा लामो समयपछि क्यावीनमा रहेको अक्सिजनको मात्रा कम हुँदै जान्छ । निरन्तर यस्तो हावामा श्वास फेरिरहँदा त्यसले शरीरमा नराम्रो असर गर्छ ।

श्वास–प्रश्वासको समस्या

जाडो मौसममा कारको हिटर अन राख्दा पनि कार चालक निसासीने हुन सक्छ । वास्तवमा कार स्टार्ट गरेपछि कारबाट कार्बनडाइअक्साइड, सल्फर, मोनोअक्साइड र नाइट्रोजन अक्साइड जस्ता विषालु ग्याँसहरु निस्कन्छन् जुन स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ । यो ग्यास हिटरको माध्यमबाट कारको क्याविन भित्र आउँछ । यस्ता ग्यासहरु रगतको हेमोग्लोबीनमा अक्सिजनभन्दा धेरै छिटो मिसिन्छन् । त्यसपछि निसास्सीने र सास फेर्न गाह्रो हुन्छ ।

यस्तो गर्दा राम्रो

यदि, तपाईं पनि कार हिटर सुरक्षित रुपमा प्रयोग गर्न चाहनुहुन्छ भने, तपाईंले दुई कुरा दिमागमा राख्नु पर्छ । पहिलो कुरा तपाईले कारको हिटर अन गर्दा थोरै सिसा खुल्ला राख्नु पर्छ । यसो गर्दा तपाईलाई अलिकति चिसो महसुस हुन्छ । तर, कारमा अक्सिजनको कमी हुँदैन ।

दोस्रो यदि, निकै जाडो छ र झ्याल खुल्ला राखेर गाडी चलाउन कठिनाइ छ भने कम्तीमा ३० मिनेटको इन्टरभलमा केहि समयका लागि शिशा खुल्ला राख्नु पर्छ । यसो गर्दा कारको क्याविनमा जम्मा भएको विसाक्त हावा बाहिर जान्छ । आजकलका कतिपय आधुनिक कारहरुमा भने एसी सिस्टममै यो सुविधा हुने गर्छ ।


Back_to_top