काठमाडौं । फोटोनले ग्राहकहरूको विश्वासलाई अझ सुदृढ बनाउन फोटोन टोटल केयर मार्फत नेपालभर आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ ।
नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियलले ग्राहकलाई गाडी किनेपछि पनि दीर्घकालीन सहायता प्रदान गर्ने उद्देश्यले फोटोनले टोटल केयर मार्फत सेवा दिइरहेको हो ।
देशभर फैलँदै गएको सञ्जाल, विश्वसनीयता, पहुँचयोग्य सेवा र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतासँगै फोटोनले प्रत्येक गाडीधनीका लागि यात्राका दौरान उत्तम सेवाको सुनिश्चितता गर्दै आएको छ।
हाल देशभर फोटोनका १७ वटा सेवा केन्द्र सञ्चालनमा छन् । जसले शहरदेखि ग्रामीण भेगसम्मका ग्राहकलाई भरपर्दो सेवा सहज रूपमा उपलब्ध गराउँदै आएको छ। ग्राहकहरूले जुनसुकै स्थानबाट सर्भिसिङ, मर्मत सेवा तथा पार्टपुर्जाहरू सहजै पाउन सक्ने कम्पनीले जनाएको छ ।
फोटोन टोटल केयर प्रमिसले सम्पूर्ण आफ्टर सेल्स सर्भिस प्रदान गर्छ। यसमा भरपर्दो आफ्टर सेल्स सर्भिस, जेन्युइन स्पेयर पाट्र्स, वारेन्टी सुविधाहरू, रोडसाइड सहयोग र डेडीकेटेड कस्टमर केयर समावेश छन्।
यो अल-इन-वान प्रणालीले सवारी साधनलाई राम्रोसँग चलाइराख्न, डाउनटाइम कम गर्न र फोटोन प्रयोग गर्ने व्यवसायीहरूलाई मानसिक शान्ति पनि प्रदान गर्छ। नियमित मर्मत गर्न होस् वा आकस्मिक समस्याका बखत, ग्राहकले फोटोनको छिटो र भरपर्दो सेवामाथि पूर्ण रूपमा भरोसा गर्न सक्छन्।
हरेक सेवा केन्द्रमा फोटोन गाडीका लागि विशेष प्रशिक्षण प्राप्त प्रमाणित प्राविधिकहरू उपलब्ध छन्। फोटोनका १०० प्रतिशत जेन्युइन पाट्र्स प्रयोग गरेर ब्राण्डले दीर्घकालीन मजबुती, भरपर्दो प्रदर्शन र अधिकतम सुरक्षाको सुनिश्चितता दिन्छ। गुणस्तरप्रतिको यही प्रतिबद्धताले गाडीको आयु बढाउन र कठिन सञ्चालन अवस्थाहरूमा पनि कार्यक्षमता जोगाइराख्न मद्दत गर्छ।
फोटोनको ग्राहकमैत्री दृष्टिकोण सर्भिस क्याम्प, क्विक रेस्पोन्स हेल्पलाइन र प्रोएक्टिभ फलो-अपहरूमा पनि देखिन्छ। यी पहलहरूले ग्राहकलाई सुसुचित रहन, गाडी उचित रूपमा मर्मत गर्न र समस्याहरूलाई चाँडो समाधान गर्न मद्दत गर्छन्।
फोटोन टोटल केयर मार्फत ब्राण्डले विश्वसनीयता, ग्राहक सन्तुष्टि र दीर्घकालीन भ्यालुमा केन्द्रित सेवा मार्फत् बिक्रीपछि पनि निरन्तर साथ दिइरहेको छ । भरपर्दो सेवा, उच्च गुणस्तर र देशव्यापी पहुँचका साथ नेपालको बढ्दो मोबिलिटी आवश्यकतामा फोटोन निरन्तर प्रतिबद्ध छ।

