काठमाडौं । दक्षिण कोरियाली कार उत्पादक हुन्डाईले आफ्नो सर्वाधिक सफल प्रिमियम ह्याचव्याक आई-२० को नयाँ जेनेरेशन मोडल ल्याउने भएको छ । कम्पनीले फोर्थ जेनेरेशन आई-२० युरोपियन सडकहरु परिक्षणको क्रममा देखिएको हो ।
नयाँ जेनेरेशन आई-२० इलेक्ट्रीक अप्सनमा पनि आउने जनाइएको छ । तर, अहिले परिक्षणमा देखिएको मोडल भने पेट्रोल भर्सन नै हो । तस्विरमा देखिएको मोडल अनुसार नयाँ जेनेरेशन आई-२० मा टप माउण्टेड एलइडी डीआरएल, सार्प एलइडी हेडल्याम्प, नयाँ डिजाइनको फ्रन्ट ग्रिल, नयाँ सेपको बोनेट र बडीमा सार्प कटहरु देख्न सकिन्छ ।
फोर्थ जेनेरेशन आई-२० को साइडमा इन्ट्रीग्रेटेड टर्न इन्डिकेटर सहितको नयाँ डिजाइनको ओआरभीएम, ड्यूलटोन अलोय ह्वील रहेको छ । पछाडि स्पोर्टी डिजाइनको टेलल्याम्प, नयाँ डिजाइनको बुट, फ्ल्याटर रुफ, सार्कफिन एन्टेना र हाइमाउण्टेड ब्रेक लाइट देखिएको छ ।
चौथो जेनेरेशन आई-२० को इन्टेरियरमा पनि धेरै अपडेट हुने अपेक्षा गरिएको छ । यसमा सुरक्षाको लागि एडास फिचर, ३६० डिग्री क्यामरा, नयाँ इन्फोटेन्मेन्ट र इन्ट्रुमेन्ट क्लस्टर स्कृन रहने छ ।
नयाँ आई-२० मा १०.२५ इन्चको एचडी टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, टीएफटी एमआईडी डिस्प्ले, ७ वटा स्पीकर सहितको बोसको साउण्ड सिस्टम, भोइस रिकग्नेशन, वायरलेस चार्जर, क्रुज कन्ट्रोल, भोइस इलेबल स्मार्ट इलेक्ट्रीक सनरुफ रहने अनुमान छ ।
हुन्डाईले चौथो जेनेरेशन आई-२० मा अहिले भइरहेको ८३ पीएस पावर दिने १.२ लिटरको र १२० पीएस पावर दिने १.० लिटरको टर्बो पेट्रोल इन्जिन दिनेछ । यो कारमा ५ स्पीडको म्यानुअल र आईभीटी गियरवक्स रहने छ ।
नयाँ जेनेरेशन आई-२० को एनलाइन मोडलमा मा १.० लिटरको टर्बो पेट्रोल इन्जिनको साथमा ४८ भोल्डको माइल्ड हाइब्रिड टेक्नोलोजी ल्याउने सम्भावना रहेको छ । उक्त इन्जिनसँग ६ स्पीडको म्यानुअल र ७ स्पीडको डीसीटी गियरबक्स रहनेछ ।
हुन्डाईले चौथो जेनरेशन आई-२० को ग्लोबल डेब्यू सन् २०२६ को सेकेण्ड हाफमा गर्ने योजना बनाएको छ । । हुन्डाईले इलेक्ट्रीक आई-२० पनि सन् २०२६ मै बजारमा ल्याउने छ । तर, यसको कुनै पनि टेक्नीकल डिटेल बाहिर ल्याएको छैन ।

