काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिकब बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ।
कम्पनीले विजेता कुवेरा कन्स्ट्रक्सन प्रालिलाई ‘लक्सपेरियन्स २०२५’को दोस्रो दिन आइतबार नयाँ हुन्डाई भेन्यू १.२ प्रदान गरेको हो ।
दशैं–तिहारको अवसर पारेर २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको योजना अन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड मार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बीमा तथा एक्सचेन्ज बोनसजस्ता
सुविधा पाएका थिए।
हुन्डाई नेपालले विजेता कुवेरा कन्स्ट्रक्सनलाई बधाई दिँदै योजनामा सहभागी सबै ग्राहकप्रति आभार व्यक्त गरेको छ।

