काठमाडौं । निसानको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले ‘ड्राइभ फ्रि अनटील २०३१’ स्कीम संचालनमा ल्याएको छ । कम्पनीले ल्याएको यो स्कीममा निसानको गाडी किन्ने उपभोक्ताले ६ वर्षसम्म निःशुल्क पेट्रोल प्राप्त गर्नेछन् ।
कम्पनीले ६ वर्षको लागि मासिक झण्डै ७ हजार रुपैयाँको दरले पेट्रोल खर्च दिने जनाएको छ । यो स्कीममा निसान म्याग्नाइट खरिद गर्ने उपभोक्ताले झण्डै ५ लाख रुपैयाँको पेट्रोल सुविधा पाउने छन् ।
आगामी जनवरी ५ तारिखसम्मको लागि मात्रै ल्याइएको स्कीममा निसान म्याग्नाइट खरिद गर्न सकिने कम्पनीको भनाई छ ।
‘हामीले उपभोक्तालाई मासिक ७०० किलोमिटर हाराहारी यात्रा गर्न पुग्नेगरी ७२ महिनासम्मको पेट्रोल सुविधा दिन लागेका हौं । यसले चार्जिङ स्टेशन जान समय नभएका, रेन्ज इन्जाइटी नचाहने र पेट्रोल गाडी खोज्नेको लागि वेष्ट डिल हुन सक्छ’, पायोनियर मोटोकर्पका जनरल मेनेजर ज्ञानेन्द्र चन्दले भने ।
निसान म्याग्नाइट नेपालमा निकै सफल सब फोर मिटर एसयूभी हो । नेपाली बजारमा राम्रो संख्यामा गुढिरहेको म्याग्नाइटमा १.० लिटर इन्जिन दिइएको छ । जसमा टर्बो र नेचुरल्ली एस्पीरेटेड इन्जिन उपलब्ध छ ।

