परीक्षणमा देखियो हिमालयन ६५०, अर्को वर्ष आउला बजारमा ?

काठमाडौं । रोयल इनफिल्डले हिमालयन ६५० को परिक्षण सुरु गरेको छ । कम्पनीले साउथ युरोपमा हिमालयन ६५० को परिक्षण भइरहेको तस्बिर बाहिर आएको हो ।

सार्वजनिक तस्बिरमा ट्वीन सिलिन्डर इन्जिन देख्न सकिन्छ । यसमा ६४८ सीसी, लिक्विड कुल्ड, ट्वीन सिलिन्डर इन्जिनको प्रयोग हुनेछ । यो इन्जिनले ४७ हर्षपावर र ५२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स उपलब्ध हुनेछ । यसका अलावा परीक्षण भइरहेको मोटरसाइकलमा अपस्वेप्ट एक्जष्ट, स्पोक ह्वील, यूएसडी फर्क, फ्रन्टमा ट्वीन डिस्क जस्ता फिचर देख्न सकिन्छ ।

यसका अलावा यसमा सानो आकारको टीएफटी डिस्प्ले, हिमालयन ४५० मा भएको स्प्लीट सिट र रियर ग्रयाबरेल हिमालयन ६५० मा देख्न सकिन्छ । त्यस्तै हिमालयन ४५० मा जस्तै देखिने तर केही ठुलो आकारको फ्यूल ट्याङ्क यसमा देख्न सकिन्छ । यसमा प्रयोग भएको ह्वील भने हिमालयन ४५० को तुलनामा सानो आकारको देखिन्छ ।

२०२५ को अन्तिमसम्ममा यो मोटरसाइकल सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top