बुटवल । लुम्बिनी प्रदेशको बुटवलमा जिलीको नयाँ शोरुम संचालनमा आएको छ ।
नेपालको लागि जिलीको आयातकर्ता एलआरआर मोटर्सले देशैभरी डिलर विस्तार गर्ने आफ्नो रणनीतिक योजना अन्तर्गत बुटवलमा नयाँ शोरुम संचालनमा ल्याएको हो ।
कम्पनीले बुटवलका लागि सोमार्जुन मोटर्स्लाई आधिकारिक डिलर नियुक्त गरेको छ । कम्पनीले बुटवल र आसपासका क्षेत्रहरूका लागि जिली ईएक्स फाइभका ईभीहरू स्थानीय स्तरमै उपलब्ध गराउने उद्देश्य नयाँ शोरुम संचालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
एलआरआर मोटर्स्ले यस वर्षभित्र देशभरी जम्मा १४ वटा डिलर नियुक्त गर्ने घोषणा गरेको छ । कम्पनीले बुटवलमा शोरुम उद्घाटनकै अवसरमा ग्राहकलाई दुईवटा जिली ईएक्स फाइभ म्याक्स हस्तान्तरण समेत गरेको छ ।
पहिलो दिनमै दुईवटा ईएक्स फाइभको बिक्रीले यस क्षेत्रमा जिली ब्राण्डको लोकप्रियता र ग्राहकहरूको रुचीलाई दर्शाएको कम्पनीले जनाएको छ ।
नयाँ शोरुमबाट जिलीका विश्वप्रसिद्ध ईएक्स फाइभ म्याक्स र प्रो मोडेलहरूको बिक्री, बिक्री–पछिको सेवा तथा स्पेयर पाट्र्सको सहज उपलब्धता गराउने छ ।
सोमार्जुन मोटर्स्का सीईओ अर्जुन भूषालले बुटवलका ग्राहकहरूलाई विश्वस्त, आधुनिक र सुरक्षित ईभी विकल्प प्रदान गर्ने बताए ।
‘बुटवल क्षेत्रका लागि एलआरआर मोटर्स्को अधिकृत डिलरका रूपमा चयन भइ यहाँका ईभीप्रेमीहरूको लागि जिली ईएक्स फाइभलाई उहाँहरूको घरदैलोसम्म पुर्याउन पाउँदा हामी हर्षित छाैं,’ उनले भने, ‘हामीले बुटवलका ग्राहकहरूलाई विश्वस्त, आधुनिक र सुरक्षित इभि विकल्प प्रदान गर्ने उद्देश्यका साथ जिली ईएक्स फाइभको वितरण सुरु गरेका हाैं । ईएक्स फाइभको गुणस्तर, प्राविधिक क्षमता र भरपर्दोपनाले यसलाई हाम्रो क्षेत्रकै अत्यन्त आकर्षक मोडल बनाउनेमा हामी पूर्ण रूपमा विश्वस्त छौं ।’
एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले जिली ब्राण्डको देशव्यापी विस्तारमा सोमार्जुन मोटर्स्जस्तो प्रतिबद्ध र सक्षम साझेदार अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । नयाँ शोरूमले अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा र उन्नत ग्राहक अनुभवप्रतिको साझा प्रतिबद्धता झल्काएको उनले बताए ।
‘सोमार्जुन मोटर्स्लाई जिली ईएक्स फाइभको डिलर सञ्जालमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुशी छाैं । यस क्षेत्रमा सोमार्जुनको स्थानीय विश्वसनीयता र ग्राहक–सेवाप्रतीको प्रतिबद्धताले पश्चिम क्षेत्रमा हाम्रो विस्तारलाई अझ प्रभावकारी बनाउनेछमा हामी ढुक्क छाैं,’ उनले भने ।

