एमएडब्ल्यू पेट्रो प्रोडक्ट्स बन्यो एनपीएलको लुब्रिकेन्ट पार्टनर

काठमाडौं । एमएडब्ल्यू पेट्रो प्रोडक्ट्स प्रालि नेपाल प्रिमियर लिग (एनपीएल)को लुब्रिकेनट पार्टनर बनेको छ ।

सम्झौतापत्रमा एमएडब्ल्यू इन्टरप्राइजेजका कार्यकारी निर्देशक अंकुर खनाल, महाप्रबन्धक प्रियदर्शी राय र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले हस्ताक्षर गरेका हुन् ।

एमएडब्ल्यू पेट्रो नेपालका लागि हिन्दूस्तान पेट्रेलियम कर्पोरेसन लिमिटेड (एचपीसीएल)को आकिारिक बिक्रेता हो ।

यस साझेदारीले प्रदर्शनका दुई शक्तिशाली क्षेत्र क्रिकेट र इञ्जिन ल्युब्रिकेसनलाई एकसाथ ल्याएको छ। क्रिकेट निरन्तरता, धैर्य, शक्ति र सन्तुलनमा आधारित खेल हो, जुन एचपी ल्युब्रिकेन्ट्सको ब्रान्ड दर्शन पावर टु पर्फमसँग उत्तिकै मेल खान्छ।

एमएडब्ल्यू पेट्रो प्रोडक्ट्सले नेपालको बढ्दो क्रिकेट विकास यात्रालाई समर्थन गर्न पाएकोमा खुशी व्यक्त गरेको छ । एनपीएलले उदाउँदो प्रतिभालाई राष्ट्रिय स्तरमा देखाउने र देशभरका दर्शकलाई आकर्षित गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्छ।

नेपालमा उच्च–गुणस्तरीय ल्युब्रिकेसन समाधानका लागि विश्वसनीय साझेदारका रूपमा, एचपी ल्युब्रिकेन्ट्सले खेलाडी तथा उपभोक्ता दुवैमा जोस, प्रदर्शन र प्रेरणा जगाउने लक्ष्य राख्दछ।


Back_to_top