काठमाडौं । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभीमा स्कीम ल्याएको छ । कम्पनीले क्रेटा ईभी किन्नेलाई मध्यनजर गर्दै अफर स्कीम ल्याएको हो ।
हुन्डाईले आफ्नो पहिलो भारतमा बनेको विद्युतीय एसयूभीमा नगद छुट, एक्सचेन्ज बोनस, लोयल्टी बोनस, एक वर्षको बीमा र ६ वर्षसम्मको निःशुल्क सर्भिस सुविधा उपलब्ध गराएको छ ।
‘अपग्रेड टु दी पर्फेक्ट ईभी’ स्लोगनसहित सुरू भएको हुन्डाईको एक्सचेन्ज स्कीममा १ लाख रुपैयाँसम्म बोनस पाउन सकिन्छ । त्यसैगरी, कम्पनीले ७५ हजार रुपैयाँ नगद छुट र २५ हजार रुपैयाँ लोयल्टी बोनस दिने जनाएको छ ।
त्यसका अलावा एक वर्षको पूर्ण बीमा र वार्षिक कर पनि कम्पनीले नै तिर्नेछ । हुन्डाईले क्रेटा ईभीमा ६ वर्षको निःशुल्क सर्भिस र गाडीमा ३ वर्षको वारेन्टी प्रदान गरेको छ । तर, ब्याट्रीमा भने ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर मध्ये जुन पहिला आउँछ, त्यसकै आधारमा वारेन्टी दिने जनाएको छ ।
बजारमा विभिन्न चार भेरियन्टमा क्रेटा ईभी उपलब्ध रहेको छ । जसको मूल्य एजुकेटिभ भेरियन्टको ५१ लाख ९६ हजार रुपैयाँ, स्मार्ट (अप्सनल)को ५६ लाख ९६ हजार रुपैयाँ र प्रिमियम प्लस भेरियन्टको ५९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ ।
क्रेटा ईभीको लङ रेन्ज मोडल पनि नेपाल आएको छ । कम्पनीले यसको लङ रेन्ज मोडल दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा स्मार्ट (अप्सनल) को मूल्य ६९ लाख ९६ हजार र एक्सीलेन्स भेरियन्टको मूल्य ७६ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
यस्तो छ क्रेटा ईभी
हुन्डाई क्रेटा ईभीमा थ्री स्पोक स्टेरिङ ह्वील, स्टेरिङ कोलुममा दिइएको गियर सेलेक्टर, सेन्टर कन्सोलमा दिइएको ड्राइभ मोड सेलेक्टर, फुलसाइज स्पेयर टायर जस्ता फिचरले क्रेटा ईभीलाई सहज र प्रयोगमैत्री बनाएको छ ।
यसमा एडास २.० फिचर, ड्युल जोन एसी, बोसको ८ स्पीकर, वायरलेस चार्जर, भ्यान्टिलेटेड सिट, ठूलो पानारोमिक सनरुफ, मेमोरी ड्राइभिङ सिट, वेलकम सिट, भेहिकल टु लोड जस्ता फिचर छन् ।
क्रेटा ईभी ९९ र १२६ किलोवाट क्षमताको दुई मोटर अप्सनमा उपलब्ध रहेको छ । सानो ९९ किलोवाटको मोटरसँग ४२ किलोवाट आवर र १२६ किलोवाटको मोटरसँग ५१ किलोवाट आवर क्षमताको एनसीएम ब्याट्री छ ।
चालकलाई वान प्याडल ड्राइभको मज्जा उठाउन यसमा प्याडल सिफ्टर दिइएको छ । अहिले बजारमा रहेका अन्य प्रतिस्पर्धीभन्दा अलग बनाएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभीमा फुल साइज स्पेयर टायर उपलब्ध गराएको छ । २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स यसको अर्को बलियो पक्ष हो ।

