नेपाल आयो गोल्डेन ड्रागनका ईभी माइक्रोबस

काठमाडौं । चिनियाँ विद्युतीय सवारी उत्पादक गोल्डेन ड्रागन ब्राण्ड नेपाल आएको छ । आर्क्श ग्रुप अन्तर्गतको ग्रीन अटोमोबाइलले गोल्डेन ड्रागनका सवारी साधन नेपाल भित्र्याएको हो ।

कम्पनीले गोल्डेन ड्रागनका विद्युतीय माइक्रोबस र डिजेल लक्जरी बस नेपाल ल्याएको हो ।

हाल गोल्डेन ड्रागनको १४ सिट क्षमताको विद्युतीय सवारी साधन बिक्री हुँदै आएको छ । अब चाँडै १२, १६ र १९ सिट क्षमताका विद्युतीय माइक्रोबस, मिनिबस र २९,३३,३६,४१ सिट क्षमताका लक्जरी बसहरू बजारमा ल्याउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ती सवारी आयातको प्रक्रिया समेत सुरु भइसकेको छ । साथै, कम्पनीले विभिन्न सहरहरूमा स्पेयर पार्टस र विभिन्न रुटहरूमा सर्भिस सेन्टर निर्माण सुरु गरेको छ ।

गोल्डेन ड्रागनका १४ सिट क्षमताको विद्युतीय माइक्रोबसमा ५३ किलोवाट आवरको सीएटीएलको ब्याट्रीप्याक छ । यसले एकपटकको फुलचार्जमा ३०० किलोमिटर रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।

५० किलोवाटको विद्युतीय मोटर रहेको यो ईभीमा एबीएस, ईबीडी लगायत सुरक्षा फिचर छन् । यसको लम्बाइ ५३३० एमएम, चौडाइ १७०० एमएम र उचाइ २२६६ एमएम छ ।

नेपालमा गुणस्तरीय सवारीसाधनको बिक्री तथा बिक्रीपछिको सेवा विस्तारमा आफू प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

१९९२ मा स्थापना भएको गोल्डेन ड्रागन चीनको एउटा ठूलो बस कम्पनी हो । यसले ५ मिटरदेखि १८ मिटरसम्म लामा लाइट कमर्शियल तथा बसहरू उत्पादन गर्दै आएको छ । यसका उत्पादन विश्वका १२० भन्दा बढी देशहरूमा बिक्री तथा वितरण हुँदै आइरहेका छन् ।


Back_to_top