काठमाडौं । गत सोमबार बसेको मन्त्रीपरिषदको बैंठकले उपत्यकामा संचालन गर्न ३०० वटा बिद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रबक्ता तथा संचार मन्त्री गोकुल बास्कोटाले नियमित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० सम्ममा २० प्रतिशत इलेक्ट्रीक सवारीसाधन पुर्याउने बताउँदै आएको समयमा सरकारले गरेको यो निर्णयलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
सरकारले आफ्नै लगानीमा किन्ने सबै बिद्युतीय बस सुरुमा उपत्यकामा संचालन हुने मन्त्री बास्कोटाले जानकारी दिए ।
पछिल्लो समयमा पेट्रोलियम पदार्थको आयात अत्याधिक भएको भन्दै यसको बिकल्पको विषयमा छलफल भइरहेको र संसारभर विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिइरहेको समयमा सरकारले गरेको यो निर्णयले नेपालमा बिद्युतीय सवारी साधनको प्रयोग बढ्ने विस्वास गर्न सकिन्छ ।
साथै, भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको समेत मन्त्री बास्कोटाले जानकारी दिए ।


