काठमाडौं । क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले आफ्ना बाइक किन्दा ७ देखि ५५ हजारसम्मको एसेसरिजको फाइदा लिन सकिने अफर ल्याएको छ ।
सुरुवाति ५ मोटरसाइकल किन्ने ग्राहकलाई १५ हजार रुपैयाँ बराबरको एसेसरिज दिइने उल्लेख गरेको कम्पनीले त्यसपछिका ५ ग्राहकलाई ७ हजार रुपैयाँ बराबरको एसेसरिज दिने जनाएको छ ।
त्यसैगरी बाइक किन्ने मध्य भाग्यशाली एक जना ग्राहकलाई लक्की ड्रबाट ५५ हजार रुपैयाँ बराबरको एसेसरिज पाउने उल्लेख गरेको छ ।
कम्पनीले बिक्री गर्दै आएको २५० सीसी क्षमताको जीआर ७ को मूल्य ५ लाख १९ हजार रुपैयाँ तोकिएको छ । उक्त इन्जिनले ३०.१५ बीएच पावरको साथै २३ एनएम टर्क जेनेरेट गर्छ ।


