रोयल इन्फिल्डको थन्डरवर्ड–३५० नयाँ इन्जिन र एबीएससहित बजारमा सार्वजनिक हुने भएको छ । कम्पनीले नयाँ रोयल इन्फिल्ड थन्डरवर्ड–३५० मा भारतीय प्रदुषण मापदन्ड बीएस ६ अनुसारको इन्जिन र सिंगल च्यानल एबीएस सहित ल्याउने भएको हो ।
कम्पनीले आउदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै भारतीय बजारमा यसलाई बिक्री वितरण सुरु गर्ने जनाएको छ । नयाँ कलर अप्सनसहित आउने यो बाइकले रोयल इन्फिल्डका पारखीको मन जित्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।
ह्वील वाल, ब्लिन्कर माउन्ट र नयाँ इन्जिनमा उपलब्ध यस बाइकको फ्रन्टमा ड्रम ब्रेक लगाइएको छ । यसको मूल्य डबल च्यानल एबिएसमा उपलब्ध थन्डरवर्ड ३५० को भन्दा ९ हजार भारु कम पर्ने कम्पनीले जनाएको छ । फ्रन्टमा टेलिस्कोपिक फर्क लगाइएको छ भने, रियरमा ट्वीन साइड ग्यास चार्ज स्पिङ लगाइएको छ ।
यसमा ३४६ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड ट्वीन स्पार्क कार्बुरेटेड इन्जिन लगाइएको छ । यसले ५२५० आरपीएममा १९.८ बीएच पावरका साथै ४ हजार आरपीएममा २८ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ । यसको मूल्य १ लाख ५६ हजार ६५८ भारु पर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले ल्याउन लागेको रोयल इन्फिल्ड थन्डरवर्ड–३५०मा अगाडिको चक्कामा डिस्क ब्रेक रहेको छ भने पछाडिको चक्कामा ड्रम ब्रेक दिइएको छ ।

