किया मोटरको चर्चित ह्याचव्याक कार पिकान्टो इलेक्ट्रीक भर्सनमा आउने अनुमान सुरु भएको छ । कियाले सन् २०२० सम्ममा यूरोपीयन बजारमा २० हजार इलेक्ट्री कार बेच्ने लक्ष्य बमोजिम नयाँ सोल बजारमा ल्याउदै छ । साथै कम्पनीले पिकान्टोलाई इलेक्ट्रीकमा ल्याउन लागिएको अटोमोटीभ न्यूज यूरोपले उल्लेख गरेको छ ।
स्पेनिस भाषमा पिकान्टोको मतलव ‘स्पाईसी अथवा हट’ भन्ने हो । त्यसैले कम्पनीले आफ्नो हट ह्याचलाई इलेक्ट्रीकमा ल्याउन लागेको दाबी गरिएको छ । त्यसैले यो स्मल ह्याचव्याक यूरोपमा चर्चित रहेको छ ।
विश्व बजारमा विभिन्न ८ भेरियन्टमा उपलब्ध किया पिकान्टो नेपाली बजारमा पनि बिक्री वितरण भइरहेको छ । यो कारको लम्बाई ३५९५ एमएम, चौडाई १४८५ एमएम र उचाई १५९५ एमएम रहेको छ । यसको ह्वीलबेस भने २४०० एमएम रहेको छ । कम्पनीले इलेक्ट्रीकमा ल्याउने पिकान्टोमा पनि यही साइज रहने बताइएको छ ।
कम्पनीले पिकान्टो इलेक्ट्रीकको मूल्य २० हजार यूरोभन्दा कम राख्ने अनुमान गरिएको छ । कियाले अहिले संसारभर सोल र निरो इभी बिक्री गर्दै आएको छ । पिकान्टोको अन्य फिचरबारे रिपोर्टमा केही खुलाइएको छैन ।


