तपाईले किन्ने एसयूभीमा यी १० फिचर छैन भने नकिन्दा वेस

काठमाडौं । पछिल्लो दशक अन्तर्राष्ट्रि बजारमा सर्वाधिक बजार हिस्सा बढ्दै गएको एसयूभी तपाईले पनि किन्ने सोच बनाउनु भएको छ भने केही कुरा थाहापाएर किन्नदा राम्रो हुन्छ ।

अधिकांश मानिसले गाडी खरिद गर्नुपूर्व त्यसको मूल्य, विशेषता, इन्जिन र छुट लगायतका विविध पक्षबारे जानकारी  लिने गर्छन् । पछिल्लो समयमा, बजारमा बिक्री भइरहेका एसयूभी लक्जरियस सुविधाले भरिएका हुन्छन् । यद्यपी, अत्याधुनिक सुविधा नभएका साना एसयूभीले हाम्रो बजारमा पकड जमाएका छन् ।

यस्तोमा ति एसयूभीमा कस्ता सुरक्षा फिचर छन् भन्ने थाहापाउनु पर्छ । अटो उत्पादक कम्पनीले आफ्ना एसयूभीमा मूल्य कम गर्न भन्दै फिचरहरुमा सम्झौंता गर्ने गरेको पाइन्छ । त्यसैले तपाईले कुनैपनि एसयूभी किन्ने निर्णय गर्नुअघि निम्न कुरा थाहा पाउन जरुरी हुन्छ ।   

ब्लाइन्ड स्पट वार्निङ

ब्ल्याइन्ट स्पट भनेको नदेखिने स्थान हो । त्यस्ता ठाँउमा धेरै दुर्घटना हुने गर्छ । त्यसैले गाडी उत्पादकहरुले आफ्नो गाडीमा ब्ल्यान्ड स्पट वार्निङको प्रयोग गरेका हुन्छ् । त्यसले दुर्घटना न्युनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

एबीएस/इबीडी

एबीएससँगै दिइने इबीडीको फिचरले कारलाई थप सुरक्षित बनाउँछ । एबीएसले जस्तोसुकै अवस्थामा ब्रेक लगाउँदा गाडीलाई स्मुथ स्टप गर्न सहयोग गर्छ भने इबीडीले ब्रैकको प्रयोग सबै चक्कामा समान रुपले गर्ने गर्छ ।

ह्वील साइज

सुरक्षालाई मध्यनजर  गर्दै एसयूभीमा ठूला साइजको टायर लगाइने गरिन्छ । राम्रो ह्यान्डलिङ र ग्रिपलाई मध्यनजर गर्दै ठूला साइजका अलोय ह्वील लगाएको प्रयोग गरिएको हो । त्यसैले सकभर ठूलो अलोय ह्वील भएका एसयूभी किन्दा राम्रो हुन्छ ।

बडीको बनावट

एसयूभीको बडी हाइटेन्सिल स्टिलबाट निर्माण गरिन्छ । यस्ता स्टिल निक्कै टिकाउयोग्य र बलियो हुने हुनाले कथंकदाचित गाडी दुर्घटनामा परेपनि कम क्षति पुग्ने विश्वास राखिन्छ  ।

एडजस्टेबल सिट बेल्ट

एसयूभीमा हुनेपर्ने अर्काे फिचर हो, एडजस्टेबल सिट बेल्ट । यसले  चालक तथा प्यासेन्जरलाई दुर्घटनाको  समयमा गम्भिर चोट लाग्नबाट बचाउने गर्छ ।

साइड र कर्टेन एयरब्याग

सुरक्षित एसयूभीको अर्काे महत्वपूर्ण पक्ष हो, एयरब्याग । एयरब्यागले दुर्घटनाको समयमा प्यासेन्जर तथा चालकलाई चोट लाग्नबाट बचाउने गर्छ । हाल, उत्पादन भइरहेका अधिकांश एसयूभीमा एयरब्यागको विशेषता दिएको पाइन्छ । तर, त्यो अगाडिको सिटमा यात्रा गर्नेको लागि मात्रै रहेको छ ।   

टिपिएमएस

टायर प्रेशर माेनिटरिङ सिस्टमले (टिपिएमएस) टायरको अवस्थालाई निरानी गर्ने गर्छ । यसमा लगाइएको सेन्सरले टायरमा परेको प्रेशरबारे अध्ययन गर्ने गर्छ । जसले अनावस्यक टायर पन्चर हुनबाट जोगउने छ ।

रियर हेड रेस्ट्रेन

रियर हेड रेस्ट्रेनले दुर्घटनाको समयमा प्यासेन्सर तथा चालकलाई टाउकोमा लाग्न सक्ने संभावित चोटबाट बचाउने गर्छ ।

आइएससो फिक्स माउन्ट

आइएसो फिक्स चाइल्ड सिटले विशेषत, बालबालिकालाई सुरक्षित राख्न मद्धत पुर्याउछ । त्यसैले परिवार यात्रा गर्दा यो फिचर अनिर्वाय जस्तै हुन्छ ।

पार्किङ सेन्सर र क्यामरा

पार्किङ सेन्सर र क्यामराले पार्किङको समयमा सहयोग मात्रै नगरि साघुँरा लेन र सवारीको चाप बढि हुने सडकमा कार चलाउन मद्धत पुर्याउछ । त्यसैले यो फिचरलाई पनि निकै महत्वपूर्ण फिचर मानिन्छ । 


Back_to_top