टोयोटाले आगामी नोभेम्बरमा डाईहात्सुको डिएन–ट्रेस अवधारणामा निर्माण भएको नयाँ कम्प्याक्ट एसयूभी सार्वजनिक गर्ने भएको छ । चार मिटरभन्दा सानो साइजमा निर्माण हुने यो कम्प्याक्ट एसयूभीको कन्सेप्ट कम्पनीले २०१७ टोकियो मोटर शोमा सार्वजनिक गरेको थियो ।
कम्पनीले कम मूल्यको एसयूभी बनाउन डाईहात्सुको प्ल्याटफर्मको प्रयोग गर्दै यो कम्प्याक्ट एसयूभी बजारमा ल्याउन लागेको हो ।
नयाँ एसयूभीको लम्बाई करिब ३९०० एमएम, चौडाई १७०० एमएम र उचाई १६०० एमएम हुनेछ । सार्प बडी प्यानलसहित आउने यो मोडलमा स्लिक लुकिंङ हेडल्याम्पसँगै इन्र्टग्रेटेड एलइडी डिआरएलएस, स्मलर अपर ग्रिल, एङ्गुलर लोअर ब्ल्याक ग्रिल र राकिस विन्ड सिल्डजस्ता विशेषता दिएको छ ।
यसको एक्सटेरियरमा आल्म्युनियम रुफ, क्रोम डोर ह्यान्डल, विन्डो लाइन, ब्ल्याक बि पिलर, मेसिन कट अलोय ह्वील, ब्ल्याक क्लेडिङ, होरिजेन्टल एलइडी टेल ल्याम्प, रियर स्किड प्लेट जस्ता फिचर दिइएको छ ।
यस एसयूभीमा १.० लिटर थ्री सिलिन्डर पेट्रोल इन्जिनले पावर प्रदान गर्ने कम्पनीले जनाएको छ । इन्जिनमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन उपलब्ध रहने छ । टु र फोर ह्वील ड्राइभ सिस्टममा आउने यस मोडलले सुजुकी जिम्नीका अलवा हुन्डाई भेन्यू, मारुती सुुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३०० र फोर्ड इकोस्पर्टसँग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ ।

