समस्या देखिएपछि हार्ले डेभिड्सनले फिर्ता बोलायो २ लाख ३० हजार बाइक

अमेरिकी प्रसिद्ध टु ह्वीलर कम्पनी हार्ले डेभिडसनले बजारबाट २ लाख ३८ हजार मोटरसाइकल फिर्ता बोलाएको छ । कम्पनीले आफ्नो बाइकको क्लचमा समस्या आएपछि बजारबाट बाइक फिर्ता गर्ने निर्णय गरेको हो । 

विगतमा पनि क्लचमा समस्या आएपछि कम्पनीले बाइक फिर्ता गर्दै आएको थियो । कम्पनीले सन् २०१७ तथा २०१८ मा बनेका टुरिङ, ट्राइक तथा सीभीओ टुरिङ मोडलसमेत फिर्ता गरेको थियो । 

कम्पनीले आफ्ना लगानीकर्ताको भेलाबाट बाइक फिर्ता लिने घोषणा गरेको हो । नयाँ व्यवसायीक प्लानसहित बिभिन्न मोडलका बाइक उत्पादनमा हात हालन लागेको कम्पनीले यसलाई नियमित प्रक्रियाको रुपमा बुझन ग्राहकहरुसँग आग्रह गरेको छ । 


Back_to_top