फक्सवागेनको नयाँ पीकअप ‘तरोक’, ब्राजिलबाट गर्दैछ ग्लोबल डेब्यू

जर्मन अटो निर्माता कम्पनी फक्सवागेनले नयाँ मोडल भीडब्ल्यू पिकअप सार्वजनिक गर्ने तयारी गरेको छ । फक्सवागेनले साव पाउलो इन्टरनेशनल मोटर शो २०१८ मा नयाँ पिकअपको कन्सेप्ट साजर्वजनिक गर्ने भएको छ । 

मिडिया रिपोर्टका अनुसार, कम्पनीले सो पिकअपको नाम ‘तरोक’ राखेको छ । एमक्यूबी प्लेटफर्मममा आधारित यो पिकअपमा लेडर–फ्रेम–च्यासिस दिइएको छ । 

भीडब्ल्यू तरोक कन्सेप्टले अर्वान एसयूभी स्टाइल र पिकअपको डीएनएलाई कम्बाइन्ड गरेको छ । अर्बान ओरिन्टेड यो पिकअपको मुख्य आकर्षण ‘मल्टीभेराइएबल लोडिङ एरिया’ हो । यस पिकअपको रियर प्यानल फोल्डिङ गरिएको छ । 

फक्सवागेनले पिकअपको विशेषताहरु सार्वजनिक गरेको छैन । तर कम्पनीले पिकअप अल ह्वील ड्राइभ सिस्टममा हुने जनाएको छ । कम्पनीले यो पिकअपलाई ब्राजिलमा विक्री वितरण गर्नेछ, त्यसपछि भने अन्य बजारमा बिस्तारै लैजानेछ । 

यस पिकअपमा १.४ र २.० लिटर टीएसआई पेट्रोल इन्जिन दिइएको छ । 


Back_to_top