हार्ले डेभिड्सनको इलेक्ट्रीक बाइक ‘लाइभ वायर’ मिलानमा सार्वजनिक हुने

अमेरिकी लग्जरी क्रुजर बाइक निर्माता कम्पनी हार्ले डेभिड्सनले पहिलो पटक उत्पादन गरेको ‘लाइभ वायर’ इलेक्ट्रीक बाइकलाई बजारमा उतार्ने तयारी गरिरहेको छ । 

क्रुजर बाइक स्पेस्लीष्ट कम्पनी अब भने सबै प्रकारको मोटरसाइकल उत्पादनमा लाग्ने भएको हो । 

कम्पनीले इलेक्ट्रीक बाइकको साथ साथै एडभेन्चर टुर, स्ट्रीट फाइटरजस्ता मोडल उत्पादनमा लाग्ने घोषणा गरिसकेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार कम्पनीले इटालीको मिलानमा चलिरहेको इक्मा (EICMA) मोटर शोमा लाइभ वायरलाई शोकेस गर्ने भएको छ । हार्ले डेभिड्सन कम्पनीले गरेको टुईट अनुसार कम्पनीले नयाँ अर्को एउटा बाइक पनि सार्वजनिक गर्नेछ । तर, कुन र कस्तो बाइक भन्ने विषयमा केहि जानकारी दिइएको छैन । 

लाइभ वायर कम्पनीको पहिलो इलेक्ट्रीक मोटरसाइकल हो । योसँगै कम्पनीले इलेक्ट्रीक बायकको क्षेत्रमा पनि हात हालेको छ । अन्यको तुलनामा यो बाइकलाई नो क्लच अबधारणमा ल्याएको छ । यो बाइकमा क्लच हुने छैन ।  


Back_to_top