रोयल इनफिल्डले आफ्नो बोबर स्टाइलको मोटरसाइकल इआइसीएमए मोटरसाइकल शो–२०१८ मा पेश गर्ने तयारी गरेको छ । कम्पनीले यसको टिजर आफ्नो इन्स्ट्राग्राममा सार्वजनिक गर्दै मोटरसाइकल ल्याउने संकेत दिएको हो ।
कम्पनीले बाइकको बिषयमा अन्य कुनै जानकारी भने सार्वजनिक गरेको छैन । मिडिया रिपोर्टका अनुसार, कम्पनीले यो बाइक आगामी ६ नोभेम्बरमा अटो शोमा पेश गर्नेछ ।
इटलीको मिलानमा आयोजना हुने इआइसीएमए विश्वको सबैभन्दा ठुलो टू ह्वीलर एक्स्पो हो । गत वर्ष इआइसीएमएमा रोयल इनफिल्डले ६५० ट्वीन्स सार्वजनिक गरेको थियो ।
यो मोटरसाइकल ट्रायन्फ बोनबिल बोबरजस्तो देखिएको छ । यसको सिट रोयल इनफिल्ड क्लासिक ३५० र क्लासिक ५०० को जस्तै देखिन्छ । बाइकमा अलोए ह्वील, चौडा ह्यान्डलबारको साथै इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । रेट्रो–स्टाइलिंग मोटरसाइकल बनाउन कम्पनीले हरसम्भव प्रयास गरेको छ । यस मोटरसाइकलमा आधुनिक लुक्स दिनको लागि गोलो हेडल्याम्पको साथै एलइडी डीआरएल रिंग दिइएको छ ।
कम्पनीले पावर स्पेसिफिकेशन्सको बारेमा कुनैपनि जानकारी दिएको छैन । तर, मिडिया रिपोर्टका अनुसार, शोमा पेश भएपछि कम्पनीले यसको बारेमा विस्तृत जानकारी दिने अनुमान गरिएको छ ।

