हिरोले ल्यायो दशैं स्कीम, १ लाखसम्म छुट पाइने

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एनजीएम हिरोले दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले आउँदै गरेको दशैंको लागि लक्षित गरेर ‘आहा दशै चाडपर्वको उमङ्ग, हिरो चढी दंङ्ग’ नामक स्कीम सार्वजनिक गरेको हो ।

हिरोले ल्याएको यो योजनामा नगद छुट, स्क्रयाच कार्ड, लक्की ड्र तथा फाइनान्सका विभिन्न स्कीम रहेको छ ।

आहा दशैं योजनामा ग्राहकले मोटरसाइकल खरिद गर्दा स्योरसट ७ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन् । ग्राहकले स्क्रयाचमार्फत नगद १ लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् भने लक्की ड्रमार्फत १ लाख जित्न सक्नेछन् ।

यसै योजना अन्तर्गत ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा हिरोका मोटरसाइकल तथा स्कुटरहरु खरिद गर्न सक्नेछन् ।

यो योजना नेपाल भर रहेको हिरोका आधिकारिक शोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

एनजीएम हिरोले ७ भेरियन्टका स्कुटर तथा १५ भेरियन्टमा मोटरसाइकल विक्री गर्दै आएको छ ।

 


Back_to_top