कुरिन्टारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम

काठमाडौं । अग्नि ग्रुपले चितवनको इच्छाकामना गाउँपालिकास्थित कुरिन्टारमा महिन्द्रा गाडीको सुविधा सम्पन्न शोरूम स्थापना गरेको छ ।

उक्त शोरुमको उद्घाटन भदौ १३ गते अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले, कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा लगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कम्पनीका अनुसार यो शोरुम पूर्ण सुविधाले सुसज्जित थ्रीएस सेटअपयुक्त (अटो डिभिजन र फार्म डिभिजनको नयाँ विक्री, सेवा र पार्टपुर्जासहित) शोरुम हो ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा विक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ ।

उनका अनुसार महिन्द्रा गाडी किन्ने ग्राहकहरूले यो थ्री एस सेटअप अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअप सहितका सबै उत्पादनहरू मात्रै नभइ महिन्द्रा ट्रयाक्टर मोडलहरु जस्तै नयाँ ‘एसपी प्लस’, युभो, नोभो, जिभो र युभराज ट्रयाक्टर श्रृंखला आदिका विक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कली स्पेयर पार्टस् को लाभ उपलब्ध गराउनमा समर्पित हुने जानकारी दिएका थिए।

‘महिन्द्रासँगको हाम्रो सम्बन्धको ३० वर्ष पूरा गरिरहँदा यसरी देशका विभिन्न स्थानहरूमा सुविधाले सुसज्जित आधिकारिक शोरुम खोल्नु अग्नि ग्रुपका लागि गर्वको क्षण पनि हो, जुन एक किसिमले हाम्रा ग्राहकहरूप्रति हाम्रो प्रतिबद्धता, वर्गमा उत्कृष्टभन्दा कम केही नपाउने सुनिश्चित गर्ने थप जिम्मेवारी पनि हो,’ उनले भने ।

कुरिन्टार र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम, सर्भिस र स्पेयर पार्टस् सेन्टर स्थापना गरिएको हो कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषक/कृषिकर्मीहरूले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ ।

कम्पनीका अनुसार यो थ्रीएस सेटअप सहितको शोरुम अग्नी इन्कर्पोरेटेड प्रालि अन्तर्गतको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो भने सर्भिस सेन्टर भने बालाजु अटो वक्र्स लिमिटेड अन्तर्गतको सुविधा सम्पन्न सर्भिस सेन्टर हो ।


Back_to_top