हिरोको मोटरसाइकल र स्कुटर किन्दा दुई जनाले पाए १/१ लाख

काठमाडौं । हिरोको मोटरसाइकल र स्कुटर किनेका दुई ग्राहकले जनही १/१ लाख रुपैयाँ जितेका छन् ।

हिरो मोटोकर्प नेपालले दशैं-तिहारलाई लक्षित गर्दै ल्याएको ‘हाम्रो परम्परा’ अफर अन्तर्गत दुई ग्राहकले जनही १ लाख रुपैयाँ नगद पाएका हुन् ।

कम्पनीका अनुसार हिरोको स्कुटर किनेकी आस्था शाक्य र स्प्लेन्डर मोटरसाइकल किनेका कृष्ण मित्रले स्क्रयाचबाट १/१ लाख रुपैयाँ नगद रुपैयाँ जितेका हुन् ।

साथै, यो अफरमा अरु धेरै जनाले ५० हजार र २० हजार रुपैयाँ जितेको कम्पनीले जनाएको छ ।

यस्तो छ हिरोको फेस्टिभ अफर

फेस्टिभ अफर अन्तर्गत ग्राहकले हिरोको मोटरसाइकल तथा स्कुटर गरीद गर्दा स्योरसट स्क्रास्च मार्फत न्यूनतम ८ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद छुट पाइने छ।

साथै, आफूसँग भएको पुरानो मोटरसाइकलसँग हिरोको जुनसुकै मोडल एक्सचेन्ज गर्दा स्क्रास्च मार्फत १० हजार रुपैयाँ देखि १ लाखसम्म थप मूल्याङकन पनि पाउने छन् ।

यस स्कीममा फाइन्नान्स सुविधमा स्कुटर तथा मोटरसाइकल खरिद गर्दा कुनै पनि सभिर्स चार्ज नलाग्ने कम्पनीले जनाएको छ ।

यो अफर भदौ १६ गतेदेखि हिरोको सम्पूर्ण आधिकारिक शोरुमहरूमा लागू भइरहेको छ ।


Back_to_top