मजेस्ट्रो वेसमा हिरोले ल्याउँदै पहिलो इलेक्ट्रीक स्कुटर

हिरो मोटोकर्पले इलेक्ट्रीक सवारीसाधन बनाउने भएको छ । हिरोले पहिलो इलेक्ट्रीक सवारी साधनको रुपमा स्कुटर निर्माण गर्ने भएको हो ।

हिरोको लोकप्रिय स्कुटर मजेस्ट्रोमा आधारित स्कुटर निर्माण गर्ने कम्पनी स्रोतले जानकारी दिएको छ । कम्पनीका अनुसार हिरोले इलेक्ट्रीक मजेस्ट्रोलाई कन्सेप्ट स्कुटरको रुपमा निर्माण गर्ने भएको हो ।

कम्पनीले यो इलेक्ट्रीक स्कुटर हिरोको जयपुर स्थित आर एण्ड डी सेन्टरमा निर्माण गर्ने भएको छ । हिरोको सेन्टर अफ इनोभेसन एण्ड टेक्नोलोजी जयपुरमा १५० भन्दा धेरै प्रडक्टको विकास भइरहेको छ । जसमा बीएस ६ प्रडक्ट समेत रहेका छन् ।

भारतीय बजारमा सबैभन्दा ठूलो कम्पनी रहेको हिरोले इलेक्ट्रीक सेग्मेन्टमा समेत उत्कृट प्रडक्ट उत्पादन गर्ने अनुमान गरिएको छ । एक रिपोर्टका अनुसार हिरो इलेक्ट्रीक मजेस्ट्रो १ लाखभन्दा कम मूल्यमा सार्वजनिक हुनेछ । यसमा पर्मानेन्ट म्याग्नेट मोटरका साथै लिथियम आयन ब्याट्री रहने छ ।

गत हप्ता भएको हिरो वर्ल्डमा कम्पनीले यसको बारेमा सामान्य जानकारी प्रदान गरेको थियो । यसमा कम्पनीले कनेक्टीभीटीलाई प्राथमिकता दिने जनाएको छ ।

इलेक्ट्रीक सवारीसाधन सञ्चालनमा मूल्य कम रहेता पनि भारतीय क्रेताले यसको खरिद मूल्य मात्र हेर्ने गरेको पाइन्छ । यसका लागि कम्पनीले सस्तो मूल्यको इलेक्ट्रीक स्कुटर निर्माण गर्ने भएको हो ।

यो स्कुटरले बजाज चेतक र टीभीएस क्यूव जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top