काठमाडौं । हिरो मोटरसाइकलको महामेला आज (सोमबार)देखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ ।
हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले पहिलो पटक एक्सचेन्जका साथै सर्भिस मेला सुरू गरेको हो ।
यो महामेला कात्तिक २९ गतेसम्म संचालन हुनेछ । नेपालमै पहिलो पटक एकैसाथ सर्भिस एक्सचेन्ज मेला आयोजना भएको कम्पनीको भनाइ छ ।
यो महामेलामा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्नेले न्यूनतम मूल्यांकन २५ हजार र थप मूल्यांकन/नगद छुट १ लाख रुपैयाँसम्म पाइने छ ।

साथै, हरेक स्कुटर तथा मोटरसाइकल खरिदमा ग्राहकले हलमेट, बाइक कभर र ग्लोभ्स पाउने छन् ।
यो महामेलामा सर्भिस गराउँदा स्पेयर पार्टस र इन्जिन आयलमा १५ प्रतिशतको छुट पाउने छन् । यो अवधिमा ५० प्रतिशत लेबर चार्ज छुट दिने कम्पनीले जनाएको छ । यसमा निःशुल्क इन्जेक्टर क्लिनिङ र निःशुल्क वासिङ सुविधा रहेको छ ।

यो अवधिभर सहभागी मध्ये एक जनाले स्मार्ट फोन जित्न सक्नेछन् ।



