हिरो एक्स्ट्रीम १२५ आर कम्प्युटर सेग्मेन्टमा अपग्रेड, बन्यो झनै सुरक्षित

काठमाडौं । हिरो मोटोकर्पले एक्स्ट्रीम १२५ आरको नयाँ २०२६ भर्सन मोटरसाइकल सार्वजनिक गरेको छ ।

कम्पनीले भारतीय बजारमा हिरो एक्स्ट्रीम १२५ आरलाई कम्प्युटर सेग्मेन्टमा अपग्रेड गरी ४ नयाँ भेरियन्टमा सार्वजनिक गरेको हो ।

कम्पनीले बजारमा ल्याएको २०२६ भर्सन एक्स्ट्रीम १२५ आर डबल च्यानल एबीएस, एबीएस सिंगल सिट, एबीएस ओबीडी टूबी र आइबीएस ओबीडी टूबी गरी चार भेरियन्टमा उपलब्ध छ ।

कम्पनीले भारतीय बजारमा आइबीएस ओबीडी टूबीको मूल्य ८९ हजार भारु, एबीएस ओबीडी टूबी र एबीएस सिंगल सिटको ९२ हजार ५०० र टप भेरियन्ट डबल च्यानल एबीएसको १ लाख ४ हजार ५०० भारु तोकेको छ ।

कम्पनीले मोटरसाइकलको १२५ सीसी सेग्मेन्टमा नै पहिलो पटक डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, क्रुज कन्ट्रोल लगायतका फिचरहरू दिएर नयाँ एक्स्ट्रीम १२५ आर बजारमा ल्याएको हो ।

नयाँ भेरियन्ट एक्स्ट्रीम १२५ आर पूरा रूपमा सुविधाहरूले भरिएको मिनि कम्प्याक्ट मेसिनका रुपमा उपलब्ध भएको छ। यसमा धेरै नयाँ सुविधाहरू समावेश छन् जसले यसलाई पहिले भन्दा अझ निकै राम्रो बनाउँछ।

मोटरसाइकलमा राइड बाइ वायर थ्रोटल, तीन राइड मोडहरू, नयाँ कलरफुल एलसीडी कन्सोल र सबैभन्दा महत्त्वपूर्ण डबल च्यानल एबीएस जस्ता सुविधाहरू समावेश छन्। यी नयाँ सुविधाहरूको साथ यो अब भारतको सबैभन्दा सुरक्षित १२५ सीसी बाइक बनेको छ।

हिरो एक्स्ट्रीम १२५आरमा उही पुरानो १२४.७ सीसी इन्जिन छ जसले ११.४ पीएस पावर र १०.५ एनएम टर्क उत्पन्न गर्दछ।


Back_to_top