काठमाडौं । जापानी मोबिलीटी जायन्ट होण्डा दुर्घटनामा हुने मृत्यु शून्य बनाउने घोषणा गरेको छ । कम्पनीले सन् २०५० सम्मको लङटर्म गोल निर्धारण गर्दै दुर्घटनामा मानवीय क्षति शून्यमा झार्ने घोषणा गरेको हो ।
होण्डाले आफ्नो सबै प्रडक्ट र अप्रेशनमा कार्बन न्यूट्रालिटीको उपलब्धी हासिल गर्दै वातावरण प्रतिको उत्तरदायित्व भित्र ड्राइभिङको आनन्दता प्रदान गराउन प्रतिबद्ध रहेको जनाएको छ । त्यसको लागि हाइब्रिड इलेक्ट्रीक र फुल इलेक्ट्रीक गाडी निर्माण हुने कम्पनीको भनाइ छ ।
कम्पनीले हालै मात्र आफ्नो अटोमोटिभ वर्कशपमा आगामी ५ वर्षको लागि ब्राण्डको इलेक्ट्रीफिकेसन रोडम्याप सार्वजनिक गरेको थियो । होण्डाले यो इभेन्टमा कम्पनीको लेटेस्ट हाइब्रिड सिस्टम, ईभी प्लेटफर्म र ड्राइभिङ डाइनामिक्सको प्रदर्शन गरेको थियो ।
होण्डाले यस अवसरमा ‘सुपर वान’ कम्प्याक्ट ईभीको डिटेलसमेत सार्वजनिक गरको छ । आगामी वर्ष जापानमा सार्वजनिक हुने सुपर वान त्यसपछि क्रमिक रूपमा एशियाली र युरोपियन बजारमा जानेछ ।
‘ई ड्यास बुस्टर कन्सेप्ट’मा विकास भएको सुपर वान मोडलले दिन दिनैको यात्रामा रोमाञ्चक ड्राइभिङ अनुभव प्रदान गर्ने होण्डाको दाबी छ । विशेषतः सुपर वान हलुका ‘वाइड ट्रयाक चेसिस’मा बन्नेछ । साथै, फ्लोरको बीतमा पातलो ब्याट्री प्रयोग हुने भएकोले ‘सेन्टर अफ ग्राभिटी’ उत्कृष्ट रहनेछ ।
सुपर वान ईभीमा पेट्रोलियम पदार्थबाट चल्ने कार चलाए बराबरको फन पाउन सकिन्छ । यसमा ७ स्पीड क्षमताको गियरबक्स, गियर सिफ्ट सेन्सको लागि सिक्रोनाइजीज साउण्ड र उच्च पर्फमेन्सका लागि बुस्ट मोड समेत दिएको छ ।
नयाँ प्लेटफर्म
होण्डाले उक्त कार्यक्रममा मिडसाइजमा ‘नेक्स्ट जेनेरेशन हाइब्रिड प्लेटफर्म’ समेत देखाएको थियो । लाइट, स्र्माट र मोर फन टु ड्राइभ भनिएको उक्त प्लेटफर्ममा सन् २०२७ हाइब्रिड मोडल उत्पादन हुनेछ ।
नयाँ आर्किटेक्चरमा हाइयर रिजिडिटी, कम वेट, परिष्कृत मोड्युलारिटीका कारण ड्राइभिङ एक्साइटमेन्ट र इफिसियन्सी उत्कृष्ट पाउन सकिने होण्डाको दाबी छ । नयाँ प्लेटफर्मको तौल अहिलेको भन्दा ९० केजी कम हुनेछ ।

