तीन मोडलमा १४ र १६ सिट भएका हाइगरका माइक्रो बस (मूल्यसहित)

काठमाडौं । चिनियाँ ब्राण्ड हाइगरका विद्युतीय माइक्रो बस विभिन्न तीन भेरियन्टमा उपलब्ध भएको छ । शशिला मोटर्सले नेपाल ल्याएको विद्युतीय माइक्रो बस १४ र १६ सिट क्षमतामा उपलब्ध रहेको छ ।

विश्वका १३० भन्दा धेरै देशमा हाइगरका उत्पादन उपलब्ध छन् । नेपालमा पनि हाइगरका ठूला कमर्शियल बसहरु बिक्री वितरण हुँदै आएको थियो । अब लाइट कमर्शियल सेग्मेन्टका माइक्रो बस उपलब्ध भएको हो ।

बढ्दो विद्युतीय भ्यानको मागलाई पुरा गर्न शशिला मोटर्सले हाइगरका उत्पादन उपलब्ध गराएको जनाएको छ । कम्पनीले १४ सिट क्षमताको हाइगर भ्यानको मूल्य ५९ लाख ९० हजार तोकेको छ । त्यसैगरी १६ सिट क्षमताको माइक्रो बसको मूल्य ६१ लाख ५० हजार र यसैको प्रिमियम मोडलको मूल्य ७२ लाख ९० हजार रूपैयाँसम्म मूल्य तोकेर बिक्री सुरु गरेको हो ।

हाइगरको १४ सिट क्षमता र १६ सिट क्षमताको रेगुलर मोडलमा ५०.२३ किलोवाट आवरको ब्याट्री दिइएको छ । त्यसैगरी प्रिमियम मोडलमा भने ७० किलोवाट अवारको लिथियम आयोन ब्याट्री प्याक छ ।

सुरक्षाको लागि कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा एयरब्याग सहितको सुरक्षा फिचर छन् । यात्रुको सुविधाका लागि एयरकण्डिसन सहित उत्कृष्ट आन्तरिक सजावट रहेको माइक्रोबसमा २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र ९० किलोवाटको पावरफुल मोटर छ ।


Back_to_top