काठमाडौं । नेपालमा टाटाले विद्युतीय कारमा एकपछि अर्को रेकर्ड बनाइरहेको छ । नेक्सनदेखि टिगोर र टियागो ईभी सबैले नेपालमा रेकर्ड नै बनाए ।
टाटा नेक्सन ईभीले सेग्मेन्टमा नै सफलतासँगै सिप्रदी ट्रेडिङलाई नेपालकै सर्वाधिक धेरै कार बिक्री गर्ने कम्पनी बनायो । टिगोर ईभीले लगभग बन्द भएको सेडान सेग्मेन्टमा नयाँ उचाई दियो ।
भदौ अन्तिम साता भएको नाडा अटो शो २०२३ बाट नेपालमा बिक्री सुरु भएको टिगोर ईभीले ह्याचव्याक सेग्मेन्टलाई नै माथि उठायो । कम्पनीले नेपाल ल्याएको ३ महिनामा नै टियागो ईभी झण्डै ८०० यूनिट माथि बिक्री गरेको छ ।
कम्पनीको सफल ह्याचव्याक टियागोलाई विद्युतीयमा ल्याउँदा कम्पनीले धेरै कुरा परिमार्जन गरेको छैन । ठ्याक्कै पेट्रोल टियागो जस्तै रहेको ह्याचव्याकमा कलर भने पृथक छ ।
टाटा टियागो ईभी धेरैको रोजाइमा पर्नुको पहिलो कारण यसको डिजाइन र पेट्रोल भर्सन नेपालमा सफल भएर हो । अहिले बजारमा १३ लाखदेखि २५ लाख रुपैयाँ मूल्यसम्मका कार दुई ढोका भएका मिनी कार मात्रै छन् ।
यस्तोमा सिप्रदीले सुरुवाती भेरियन्टको मूल्य २१ लाख ९९ हजार तोकेर ल्याएको टियागो ४ ढोका भएको कारण धेरैले मन पराएका हुन् ।
भेरियन्ट र मूल्य
टाटा टियागो बिभिन्न ५ भेरियन्टमा उपलब्ध रहेको छ । जसमा कम मूल्यका दुई भेरियन्टमा १९.५ किलोवाट आवरको ब्याट्री छ । सिप्रदी ट्रेडिङले टियागो एक्सई भेरियन्टको मूल्य २१ लाख ९९ हजार तोकेर बिक्री गर्दै आएको छ, भने एक्सटी भेरियन्टको मूल्य २२ लाख ९९ हजार कायम गरेर बिक्री गर्दै आएको छ ।
ठूलो २४ किलोवाट आवरको ब्याट्री भएको एक्सटी भेरियन्टको मूल्य २५ लाख ४९ हजार, एक्जेड प्लस भेरियन्टको २६ लाख ९९ हजार र एक्सजेड प्लस टेक लग्जरी भेरियन्टको मूल्य २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
कर्जा र मासिक किस्ता
अहिले बैंक तथा वित्तिय संस्थाले १० प्रतिशत ब्याजदरमा विद्युतीय गाडीलाई कर्जा दिने अवस्था सृजना भएको छ । साथै, मूल्यको २० प्रतिशत डाउन पेमेन्ट र बाँकी रकम कर्जा लिएर किन्न सकिन्छ ।
यसरी लिएको कर्जा ७ वर्षमा तिर्ने गरी लिँदा अधिकतम मासिक किस्ता ३७ हजार १७५ रुपैयाँसम्म पर्छ ।

यस्तो छ टाटा टियागो ईभी
टियागो ईभी दुई ब्याट्री अप्सन पाउन सकिन्छ । यसलाई कम्पनीले ४९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा उपलब्ध गराएको छ । कम्पनीको दावी अनुसार यसले ३१५ किलोमिटरसम्म रेन्ज दिन्छ ।
टियागो डीसी फास्ट चार्जर सपोर्ट गर्ने कार हो । यसलाई डिसी चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सामान्य होम चार्जरले चार्ज गर्दा भने फुलचार्ज गर्नका लागि ८ घण्टा लाग्ने कम्पनीको भनाई छ ।

टियागोले जम्मा ५.७ सेकेण्डमा ६० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन सक्छ । यसमा सिटी र स्पोर्टस गरी दुई ड्राइभ मोड पाउन सकिन्छ । टियोगोमा ४ लेबलको रिजेनेरेसन ब्रेकिङ मोड छ ।
टाटाले यो ह्याचव्याकमा ४५ थरी फिचर रहेको जी-कनेक्ट स्ट्याडर्ड फिचरको रूपमा रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर यसमा पाउन सकिन्छ ।
टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।


