काठमाडौं । जर्मन कार निर्माता फक्सवागेनले आफ्ना कारहरुमा फेरी स्वीच बटमहरु दिने संकेत गरेको छ । यसअघि ड्यासबोर्डबाट सबै स्वीचहरु हटाएको कम्पनीले आईडी २ को कन्सेप्टमा फिजिकल बटमहरु दिएको हो ।
यसअघि कम्पनीले सबै बटमहरु इन्फोटेन्टमेन्ट सिस्टमबाटै कन्ट्रोल गर्नेगरी सिस्टम डेभलप गरेको थियो । तर, एक्कासी नयाँ कन्सेप्टमा फिजिकल बटमहरु दिएको हो ।
कम्पनीले केही महिना अघि सबै कुरा टच स्कृनमा दिदा उपभोक्ताले दुःख पाएको भन्दै कम्पनीले नयाँ मोडलमा फिजिकल बटम दिएको जनाएको छ । कम्पनीले ल्याउन लागेको आईडी २ सानो इलेक्ट्रीक कार हो ।
विश्वकै दोस्रो ठूलो कार निर्माताले विद्युतीय साधनको उत्पादनमा आफुलाई पूर्ण रुपमा तयार पारेको जनाएको छ । कम्पनीले सन् २०३० सम्म कुल बिक्रीको ७० प्रतिशत ईभी बिक्री गर्नेगरी काम गरिरहेको जनाएको छ ।
अहिले कम्पनी ईभी उत्पादनमा तेस्रो स्थानमा रहेको छ । फक्सवागेनभन्दा अगाडि बीवाइडी र टेस्ला रहेका छन् । कम्पनीले अब आउने आफ्नो सम्पूर्ण कारमा फिजिकल बटम हुने बताएको छ ।


