होन्डाको नयाँ एसयूभी ब्रिज ४ महिना भित्र आउने

काठमाडौं । होन्डाले आफ्नो चर्चित एसयूभी सिआरभीमा आधारित रहेर ब्रिज एसयूभी  ल्याउने भएको छ । सिआरभीको जस्तै लुक र डिजाइनमा निर्माण भएको यो एसयुभी २०१९ को अन्त्यमा सार्वजनिक गर्ने कम्पनीले जनाएको हो ।

यसमा स्लिम आकारको टेललाइट क्लस्टर, ब्ल्याक इन्ड बेजल, ग्रिलमा क्रोम बार, जेवल आई हेडल्याम्प जस्ता विशेषता दिइएको छ । 

नयाँ एसयूभीको अगाडि र पछाडि भाग एकर्डको जस्तै लुकमा देख्न सकिने छ । उक्त गाडीमा सिआरभी दिइएको ह्यान्डलबार नै दिइएको छ । 

होन्डा ब्रिजको हाइट, ह्वीलवेश  र लम्बाई सिआरभीको जस्तै रहेको छ । यसको लम्बाइ ४६०५, चौडाई १८२० एमएम र उचाई १६८५ एमएम रहेको कम्पनीले जनाएको छ ।

यसमा १.५ लिटर टर्बाे पेट्रोल इन्जिन लगाइएको छ । जसले १९३ पीएस पावरका साथै  २४३ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा सिभीटी गियरबक्स  जडान गरिएको छ ।

साथै, सिआरभीमा दिइएको २.४ लिटर  टर्बाेचाज्र्ड पेट्रोल इन्जिनमा पनि आउने छ । यो इन्जिनले १८४ पिएस पावरका साथै २५० एनएम टर्क उत्पादन गर्छ । यो एसयूभी टु ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सनमा आउने कम्पनीले जनाएको छ ।  


Back_to_top