यस्तो छ संसारको सबैभन्दा पावरफुल एसयूभी रेजभानी ट्यांक

संसारकै सबैभन्दा पावरफुल एसयुभीको रुपमा चिनीएको रेजभानी ट्यांक २०२० तीन नयाँ भेरियन्टमा आउने भएको छ  । स्टान्डर्ड, ट्याक एक्स र मिलिटरी भर्सनमा आउने यस मोडल आर्माेरेड, बुलेट प्रुफ र इलेक्ट्रीकल्ली प्रोटेक्टेड बडीमा निर्माण भएको छ । यसमा इ १, इ २ र इ ३ तीनओटा इलेक्ट्रो म्याग्नेटिक पल्स दिइएको छ ।

रेजभानी कम्पनीले २०१७ मा जेके जीप र्याङलरमा आधारित एस एसयुभीको पहिलो संस्करण सार्वजनिक गरेको थियो । 

कम्पनीले २०२० रेजभानी ट्यांक संसारकै पावरफुल एसयूभी भएको दाबी गर्दै आएको छ । यसमा नयाँ प्यानल, लाइटिंग र स्लिक हेडलाम्प, स्कुप्लेट हुड लगाइएको छ । यसमा दिएको एलइडी बार, ब्ल्याक फ्रन्ट ग्रिल दिएको छ । 

यसमा बुलेट प्रुफ ग्लास र डोर जडान गरिएको छ भने, रन फ्लाट टायर, एक्स्प्लोसिभ प्रोटेक्शन, सेल्फ, सिलिंग ग्यास ट्यांक, थर्मल क्यामरा, स्ट्रोब लाइट र साइरनको विशेषता समेत रहेको छ । यो एसयुभीमा स्मोक स्क्रिन, इलेक्टो«फाइड डोर ह्यान्डल दिइएको छ । 

कम्पनीले यसमा अफरोड रोड टायर लगाएको छ भने फक्स रेसिंग सस्पेन्सन, डायनाट्राक एक्सल सेटअपसँगै एयरलक, एयर कम्पे्रसर, फ्रन्टमा डायनाट्राक प्रोग्रिप ब्रेक र रियरमा ड्राइभ स्याफ्टको विशेषता दिइएको छ ।

यसमा उपलब्ध २.० लिटर फोर सिलिन्डर इन्जिनले २८५ हर्ष पावर उत्पादन गर्छ । यसका साथै, यस एसयुभीमा ३.६ लिटर भि ६ इन्जिन लगाइएको छ । यसले २८५ हर्ष पावर उत्पादन गर्छ । यस्तै उपलब्ध ६.४ लिटर भी ८ इन्जिनले ५०० हर्षपावर उत्पादन गर्छ ।

यस्तै, ट्यांक एक्स एडिशनमा उपलब्ध भि ८ इन्जिनले ५०० एचपी पावर उत्पादन गर्छ भने डिजेल इन्जिनले २८५ हर्ष पावर उत्पादन गर्छ । यस्तै, डोजमा उपलब्ध ६.२ लिटर सुपर चाज्र्ड भि ८ इन्जिन यसमा दिइएको छ । यस इन्जिनले १ हजार हर्ष पावर र ११८० एनएम टर्क उत्पादने गर्ने कम्पनीले जनाएको छ ।  


Back_to_top