काठमाडौ । होन्डाको नेपालको लागि आधिकारीक बिक्रेता स्याकार कम्पनीले होन्डा सीबी-४०० नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । कम्पनीले सुपरबाइकको रपमा नेपाली बजारमा ल्याएको यो बाइकको मूल्य २२ लाख ७५ हजार रुपैयाँ तोकेको छ ।
३९९ सीसी क्षमताको लिक्विड कुल्ड, फोर स्ट्रोक, डीओएचसी फोर भल्व एफआई इन्जिन रहेको यसले ५३ एचपीको पावर र ४०.१८ एनएमको टर्क जेनेरेट गर्छ ।
६-स्पीड गियरबक्स दिइएको यो बाइक रेट्रो क्याफे डिजाइनमा उपलब्ध रहेको छ । बाइकको अगाडिको भागमा टेलिस्कोपिक फोर्क सस्पेन्सन र पछिल्लो भागमा सिंगल सक सस्पेन्सन छ दिइएको यस बाइकमा दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ ।
१८ लिटर इन्धन क्षमताको फियूल ट्यांक रहेको यो बाइक होन्डाकै सीबी-१०००एसएफबाट प्रभावित रहेको छ ।


