कोरोनाको बीच होन्डाले ल्यायो नयाँ ‘सिबी-एफ’ कन्सेप्ट

होन्डाले नयाँ मोटरसाइकलको कन्सेप्ट सार्वजनिक गरेको छ । विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको समयमा होन्डाले नयाँ मोटरसाइकल ‘सिबी-एफ’को कन्सेप्ट सार्वजनिक गरेको हो ।

होन्डाले सिबी-एफको रेट्रो डिजाइन सार्वजनिक गरेको हो । यो होन्डाको चर्चित सिबी १००० आरको वेसमा आधारित हुने छ ।

जापानी अटो निर्माताले सिबी-एफ कन्सेप्टलाई सिबी सिरिजको परिणाम भएको जनाएको छ । होन्डाले सिबी सिरिजलाई विश्वबजारमा ६० को दशकमा ल्याएको थियो भने यो सिरिज अहिलेपनि निकै चर्चामा रहेको छ ।

बक्सी डिजाइन ल्याङ्वोजमा तयार भएको यो कन्सेप्ट मोटरसाइकलमा राउण्ड हेडल्याम्प र रेट्रो होन्डा लोगो प्रयोग गरेको छ ।

कम्पनीले यसमा ९९८ सीसी इनलाइन फोर सिलिण्डर, डिओएचसी, लिक्विडकुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले १४३ बीएच पावर र १०४ एनएम टर्क प्रदान गर्नेछ ।

हाेन्डासँग अहिलेपनि रेट्रो नेकेड मोटरसाइकल विश्व बजारमा २ मोडलमा उपलब्ध रहेको छ । अहिले सिबी ११०० र सिबी १३०० मोडल रेट्रो डिजाइनमा उपलब्ध रहेको छ । कम्पनीको यो तेस्रो ग्लोवल रेट्रो मोडल हुने जनाइएको छ ।


Back_to_top