लकडाउनमा धेरै दिन कार थन्काउन परे यी ५ काम गर्नुहोस्

काठमाडौं । कोरोना भाइरस विरुद्ध सरकारले गरेको लकडाउनको आज चौथो दिन । सरकारले यो लकडाउन बढेर २१ दिनसम्म पुग्न सक्ने जनाइसकेको छ । यस्तोमा तपाईको कारलाई कसरी सुरक्षीत राख्ने भन्ने विषयमा हामीले केही जानकारी दिने प्रयास गरेका छौं ।

सबैभन्दा पहिला तपाई कारलाई सफा गरेर कार कभरले छोपेर राख्नुहोस् । कार नछोपि राख्दा धुलो धेरै हुने र घामको किरण सिधा पर्दा कलर जाने सम्भावना रहन्छ । त्यसैले कारलाई राम्रोसँग कभर लगाएर राख्नु पर्छ ।

दोस्रो धेरै दिनसम्म कार नचलाई राख्दा यसमा रहेको व्याट्री खराब हुने सम्भावना धेरै रहन्छ । त्यसैले बेला बखतमा कारलाई स्टार्ट गरिरहनु पर्छ । यदि तपाईको घरको कम्पाउन्डमा केही स्थान छ भने गाडीलाई अगाडि पछाडी गर्नुहोस् ।

तेस्रो यसरी कारलाई छोपेर राख्दापनि धेलो लाग्ने सम्भावना रहन्छ । त्यसैले हरेक ४-५ दिनको फरकमा गाडीलाई पानीले सफा गर्ने गर्नु पर्छ ।

चौथो लामोसमय गाडइ राख्नु पर्ने हुँदा यसको इन्टिेरियरको पनि सफा गरेर राख्नु पर्ने हुन्छ । इन्टेरियर सफा गर्दा सुख्खा कपडाले गर्नु पर्छ । जसले पछि गाडी निकालेर हिड्दा गाडी पहिलाजस्तै रहेको छ ।

पाँचौ कुरा कार राख्दा सधै त्यसमा रहेको टायर प्रेसर चेक गर्नु पर्छ । लामो समयसम्म एकै स्थानमा कार रहँदा टायरको हावा सबै उडेर पछि कार सर्भिस सेन्टरसम्म लान कठिन हुन सक्छ ।

त्यसैले आफुजस्तै कारलाई पनि स्वस्थ राख्न सकेको खण्डमा लकडाउन सकिएपछि काममा निस्कन सजिलो हुन्छ ।


Back_to_top