बजाज अटोले भारतमा कोरोनो विरुद्धको लडाईमा १ अर्व भारु खर्च गर्ने घोषणा गरेको छ । कम्पनीले सरकार र विभिन्न एनजीओसँग मिलेर उक्त रकम गरिवको लागि खाना र बासस्थानको लागि खर्च गर्ने जनाएको हो ।
बजाजले सरकारी र निजी अस्पतालको आईसियू अपग्रेड गर्न सहयोग गर्ने जनाएको छ । साथै, कम्पनीले स्वास्थ्य कर्मचारीको लागि आवस्यक पर्ने अत्यावस्यक उपकरण खरिद गर्ने साथै महाराष्ट्रका विभिन्न ग्रामिण इलाकामा हेल्थक्याम्प संचालन गर्ने जनाइएको छ ।
बजाज विश्वको ७० भन्दा बढी देशमा बिक्री हुने मोटरसाइकल ब्राण्ड हो । नेपालमा पनि बजाजका मोटरसाइकल निकै सफल रहेको छ । यस्तोमा नेपालमा एसेम्बल हुने बजाजले यहाँ पनि केही सहयोगको घोषणा गर्ने अनुमान गर्न सकिन्छ ।

